सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर , सहमतिप्रति प्रतिवद्ध रहेको विप्लवको घोषणा


सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर , सहमतिप्रति प्रतिवद्ध रहेको विप्लवको घोषणा

Sambodhi Television


फागुन २१, काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको विद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच शान्तिपूर्ण तरिकाले राजनीतिक गतिविधि गर्ने सवालमा सहमतिपत्रका हस्ताक्षर भएको छ । नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को उपस्थितिमा राष्ट्रियसभा गृहमा आयोजित एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको हो । 

सहमतिपत्रमा सरकारी टोलीको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले हस्ताक्षर गरेका छन् । यसअघि विहीबार सरकार र नेकपाबीच तीनबुँदे सहमति भएको थियो ।  उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका थिए । 

आज विशेष समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर गरिएको हो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव विप्लवले आ–आफ्नो धारणा राखेका छन् । समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आजको दिन नेपाल शान्तिपूर्ण मुलुक रहेको र नेपालमा हत्या, हिंसा लगायतका अशान्ति मच्चाउने कुनै पनि गतिविधि नभएको बताएका छन् । त्यसैगरी सोही समारोहलाई सम्बोधन गर्दै नेकपाका महासचिव विप्लवले सरकारसँग भएको तीनबुँदे सहमतिप्रति आफूहरु प्रतिबद्ध रहेको बताएका छन् । उनले सहमतिप्रति कुनै पनि खाले आशंका नगर्न समेत आग्रह गरेका छन् ।
 
 

शुक्रबार २१ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट