सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न दुवै पक्षबीच भयो ३ बुँदे सहमति


सरकार र विप्लव समूहबीच वार्ता सम्पन्न दुवै पक्षबीच भयो ३ बुँदे सहमति

Sambodhi Television


फागुन २०, काठमाडौं । नेपाल सरकार र विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाबीच तीन बुँदे सहमति भएको छ । यो सहमतिसँगै विप्लव समूहले हिंसा छोडेको छ । सरकारी तर्फबाट वार्ता टोलीको संयोजक गृहमन्त्री रामबहादुर थापा र विद्रोही समूहका नेता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा बिहीबार भएको वार्तामा तीन बुँदे सहमति भएको हो । उक्त सहमतिमा विप्लव समूहले हिंसा छाड्ने र सरकारले लगाएको प्रतिवन्ध हटाउने सहमति भएको हो । 

यो सहमतिसँगै अब विप्लव नेतृत्वको नेकपाले हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण राजनीतिक धारमा अगाडि बढ्ने छ ।  सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिनुभएको छ ।

वार्ता सम्पन्न भएसँगै पक्राउ परेको सम्पूर्ण बन्दी रिहाई गरिने उनीहरुमाथि लागेको मुद्दा खारेजी गर्ने सहमति भएको छ । सहमतिको बारे शुक्रबार दिउँसो २ बजे प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेता विप्लवले संयुक्त कार्यक्रममार्फत आ–आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम समेत तय भएको छ ।
विप्लव समूहसँग वार्ता गर्नु र त्यसलाई निष्कर्षमा पु¥याउन सरकारले गरेको पहलको चौतर्फी प्रसंशा सुरु भएको छ ।


 

बिहीबार २० फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट