सरकार र विप्लव नेकपाबीच वार्ता सुरु


सरकार र विप्लव नेकपाबीच वार्ता सुरु

Sambodhi Television


फागुन १९, काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच वार्ता सुरु भएको छ । मंगलबार सरकारी पक्षले गृहमन्त्री रामबहादुर थापा ‘बालद’ को नेतृत्वमा राजन भट्टराई सदस्य रहेको वार्ता टोली गठन गरेलगत्तै विप्लव नेतृत्वको नेकपाले पूर्व मन्त्री समेत रहेका नेता खडगबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दीपक चलाउने सदस्य रहेको वार्ता टोली गठन गरेको थियो । 

सरकार र विप्लव नेतृत्वको नेकपाबीच वार्ता कमिटी बनाएर वार्ता गर्ने तयारी भइरहेकै बीच आजै प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच वार्ता सुरु भएको छ । 
 

बुधबार १९ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट