नेकपा (ओली समूह) को स्थायी कमिटी बैठक स्थगित नयाँ मिति पछि तय गरिने


नेकपा (ओली समूह) को स्थायी कमिटी बैठक स्थगित नयाँ मिति पछि तय गरिने

Sambodhi Television


फागुन १३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको आज बस्ने भनिएको स्थायी कमिटीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । यसअघि बैठक आज बिहान साढे ८ बजे बस्ने निर्धारण भएको थियो । 

दुई दिन अगाडि सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै नेकपा (प्रचण्ड–माधव) समूहले विजयकै रुपमा लिइरहेको र देशव्यापी विजय जुलुश निकालिरहेको अवस्थामा ओली समूहले भने थप गृहकार्य गर्नुपर्ने भएको भन्दै आजको बैठक स्थगित गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन । थापा भन्छन्– ‘आज बैठक नबस्ने भयो, एक–दुई दिनपछि बस्छ ।’ 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि ओली समूह हिजो बुधबार बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्ने निर्णय गर्दै सर्वोच्च अदालतले तोकिदिएकै मितिमा २३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक बोलाउने र बिभिन्न स्थानमा पूर्वनिर्धारित सभाहरुलाई निरन्तरता दिने निर्णय गरेको थियो । 
 

बिहीबार १३ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट