नेकपा (प्रचण्ड–माधव) पक्षले बोलायो संसदीय दलको बैठक 


नेकपा (प्रचण्ड–माधव) पक्षले बोलायो संसदीय दलको बैठक 

Sambodhi Television


फागुन १२, काठमाडौं । सर्वोच्च अदालतले मंगलबार साँझ प्रतिनिधिसभा विघटन बदर गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आज अपराह्न ४ बजे संसदीय दलको बैठक बोलाएको छ । 

नेकपा (प्रचण्ड–माधव समूह) ले संसदीय दलको बैठक बोलाएको सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेसँगै कसरी अगाडि बढ्ने र नयाँ सरकार कसरी बनाउने भन्ने विषयमा बैठक आब्हान गरिएको हो । 

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपाको प्रचण्ड–माधव समूहले केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । आज हुने संसदीय दलको बैठकमा यसबारेमा समेत छलफल हुने बताइएको छ ।

बुधबार १२ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट