आज सुरक्षा परिषद बैठक बस्दै


आज सुरक्षा परिषद बैठक बस्दै

Sambodhi Television


फागुन ११, काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुरक्षा परिषदको बैठक बोलाएका छन् । बैठक आजै बिहान ९ बजे सिंहदरबारस्थित परिषदको कार्यालयमा बस्ने तयारी गरिएको छ । प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परिषदमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहने व्यवस्था छ ।

सुरक्षा परिषदको बैठक नियमित भएको परिषदका सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले बताएका छन् । बैठकमा नयाँ एजेन्डा पनि नभएको पाण्डेले बताएका छन् । 

सर्वोच्च अदालतले केही दिनभित्रै प्रतिनिधिसभा विघटन विरुद्ध परेको मुद्दामा संसद पुनस्र्थापना हुने चर्चा चलिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सुरक्षा परिषद बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यता सर्वोच्च अदालतका प्रधानन्यायधिश चोलेन्द्र शमसेर जवरा र नेपाली सेनाका प्रमुख पूर्णचन्द्र थापाबीच हिजो भेटघाट भएको थियो । यो भेटलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।
 
 

मंगलवार ११ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट