पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै


पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई उपचारका लागि भारत जाँदै

Sambodhi Television


फागुन ९, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई स्वास्थ्योपचारका लागि भारत जान लाग्नुभएको छ ।  आफ्नो स्वास्थ्य उपचारको लागि डा. भट्टराई आज दिउँसो दिल्ली जाने तयारीमा रहेको जनता समाजवादी पार्टीका नेता एवं डा. भट्टराईका प्रेस संयोजक विश्वदीप पाण्डेले बताउनु भएको छ । डा. भट्टराई आजै नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली जान लाग्नुभएको हो । 
डा. भट्टराईको उहाँको पेटमा समस्या देखिएपछि उपचारका लागि भारत जान लाग्नुभएको हो । उहाँ लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आउनुभएको थियो । तर चिकित्सकहरुले न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरेको र उपचारका लागि दिल्ली नै जानुपर्ने सिफारिस गरेकाले उहाँ दिल्लीमा त्यसको उपचारका लागि जान लाग्नुभएको हो । दिल्लीमा उहाँको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा हुनेछ ।

उपचारका लागि दिल्लीमा रहँदा उहाँको बसाइ त्यहाँस्थित नेपालको दूतावासमा हुनेछ । उपचारका क्रममा उहाँसँग पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीकी नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उहाँका प्रेस सल्लाहकार विश्वदीप पाण्डे समेत सँगै जाने तय भएको छ । 
 

आईतवार ९ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट