नेकपा (प्रचण्ड–नेपाल) पक्षको केन्द्रीय समितिकाे अनौपचारिक बैठक सम्पन्न, केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा बस्न निर्देशन


नेकपा (प्रचण्ड–नेपाल) पक्षको केन्द्रीय समितिकाे अनौपचारिक बैठक सम्पन्न, केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा बस्न निर्देशन

Sambodhi Television


फागुन ८, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार केन्द्रीय कमिटीको आकस्मिक बैठक सम्पन्न गरेको छ । बैठकमा निर्वाचन आयोगले आफनो पक्षलाई तत्काल आधिकारिकता दिनुपर्ने भन्दै त्यसका लागि आफू पक्षका केन्द्रीय सदस्यहरुलाई निर्वाचन आयोग जानुपर्ने अवस्था आए तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई आगामी दिनमा जस्तोसुकै परिस्थिति निर्माण हुनेतर्फ सचेत गराउँदै तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् । बैठकमा नेताहरुले भनाई राख्दै भनेका छन् ‘जुनसुकै बेला जस्तोसुकै निर्णय गर्नुपर्ने अवस्था हुनसक्छ, तपाईंहरु तयारी अवस्थामा बस्नुहोला । 

बैठकमा दुवै अध्यक्षले वर्तमान राजनीतिक अवस्थाबारे समेत केन्द्रीय सदस्यहरुलाई जानकारी गराएका थिए । बैठक करीव २ घण्टा बसेको थियो ।
बैठक सम्पन्न भएसँगै निर्वाचन आयोग जाने तयारी गरेपनि निर्वाचन आयोगको निर्वाचन दिवस परेकाले आयोगका पदाधिकारीहरुले समय दिन सकेनन् । आयोगले समय नदिएपछि आयोग जाने कार्यक्रम रोकिएको छ । अब आयोगमा आइतबार जाने तयारी रहेको र नेकपाका बहुमत केन्द्रीय सदस्यहरु आफ्नो पक्षले आधिकारिता पाउनुपर्ने भन्दै दावी गर्दै आयोगमा सशरीर उपस्थित हुने तयारी गरेका छन् ।

शनिबार ८ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट