सबै दललाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन प्रमुख आयुक्त थपलियाकाे आब्हान 


सबै दललाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन प्रमुख आयुक्त थपलियाकाे आब्हान 

Sambodhi Television


फागुन ७, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेकै बेला प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आगामी वैशाख १७ र २७ मा तोकिएको निर्वाचन सोही समयमा हुने बताएका छन् । उनले राजनीतिक दलहरुलाई तोकिएकै समयमा निर्वाचन हुने भएकाले सक्रियतापूर्वक निर्वाचनमा सहभागिता जनाउन आब्हान समेत गरेका छन् । 

सो कुरा प्रमुख निर्वाचन आयुक्त थपलियाले पाँचौ निर्वाचन दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै बताएका हुन । उनले निर्वाचनलाई सर्वस्वीकार्य बनाउन र सबै पक्षको सहभागितालाई सुनिश्चित गर्ने दायित्व निर्वाचन आयोगको भएको र आयोगले उक्त दायित्व पूरा गर्ने समेत बताएका छन् । 

दुई चरणमा हुनेगरी तय भएको निर्वाचनको पहिलो चरण २०७८ वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । प्रतिनिधिसभा विघटन भएको, सो को मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको अवस्थामा निर्वाचन हुन्छ कि हुँदैन भन्ने आम चासो रहेकै बेला प्रमुख निर्वाचन आयुक्तको उक्त भनाई अगाडि आउनुले मुलुक निर्वाचनको बाटोमा अगाडि बढ्न थालेको संकेत मिलेको छ । 

शुक्रबार ७ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट