आज बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित


आज बस्ने भनिएको बागमती प्रदेशसभाको बैठक स्थगित

Sambodhi Television


फागुन ५, काठमाडौं । नेकपा विभाजनपछि संकटमा रहेको बाग्मती प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । यसअघि माघ १९ गते बस्ने तय गरिएको बैठक सूचना टाँस गरेर स्थगित भएको थियो । उक्त सूचनामा फागुन ५ गते बैठक बस्ने तय गरिएको थियो । बैठकमा प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्तावमा छलफल गर्ने तयारी थियो । 

गत माघ ९ गते मुख्यमन्त्र विरुद्ध टेबुल भएको अविश्वास प्रस्तावमाथि दलगत रुपमै छलफल गर्ने तयारी थियो । नेकपा विभाजन भएपछि नेकपाबाटै निर्वाचित मुख्यमन्त्री विरुद्ध नेकपाकै बहुमत प्रदेश सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका थिए । अविश्वास प्रस्ताव पास वा फेल गर्न नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण रहने छ । कांग्रेसका प्रदेश सांसदहरु मुख्यमन्त्री पौडेलेको पक्षमा लागे अविश्वास प्रस्ताव फेल हुने अवस्था छ भने नेकपाको प्रचण्ड–माधव नेपाल पक्षकी प्रदेश सांसद अष्टलक्ष्मी शाक्यतर्फ लागेर मतदान गरे अविश्वास प्रस्ताव पास हुनसक्ने सम्भावना छ । तर कांग्रेसमा पनि दुई पक्ष देखिएकोले यसबारे निर्णय भइसकेको छैन ।

बुधबार ५ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट