तामाङ समुदायको सोनाम ल्होसार पर्वमा राष्ट्रपतिबाट शुभकामना व्यक्त


तामाङ समुदायको सोनाम ल्होसार पर्वमा राष्ट्रपतिबाट शुभकामना व्यक्त

Sambodhi Television


माघ ३०, काठमाडौं । विभिन्न जाति, धर्म र संस्कृतिले सुसज्जित नेपालमा बसोबास गर्ने तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार धुमधामका साथ मनाईदै छ । सोही पर्वको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, मुख्यमन्त्रीहरुले शुभकामना सन्देश व्यक्त गरेका छन् । 

आज तामाङ समुदायको राष्ट्रिय पर्वको अवसर पारेर सरकारले सार्वजनिक विदा दिएको छ । अघिल्लो वर्ष विदा कटौती गरिएको भएपनि यो वर्ष सार्वजनिक विदा दिइएको हो । प्रदेश र स्थानीय तहले भने ३ दिनसम्म पनि सार्वजनिक विदा दिएका छन् । खासगरी तामाङ समुदायको मुख्य बसोबासस्थल बाग्मती प्रदेश हो । बाग्मती प्रदेशका कतिपय स्थानीय तहले ३ दिनसम्म विदा दिएका छन् ।

तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन मनाउने गरिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । आजैबाट सुँगुर वर्ष पूरा भई मुसा वर्ष सुरु हुँदैछ ।
यता ल्होसारको अवसर पारेर राष्ट्रपति भण्डारीको अलवा उपराष्ट्रपति नन्दबहादुर पुन मगर, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटाले पनि शुभकामना सन्देश दिएका छन् । त्यसैगरी नेपालका मुख्य राजनीतिक दलहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाल कांग्रेस, जनता समाजवादी पार्टी लगायतले पनि शुभकामना व्यक्त गरेका छन् । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले सामाजिक सञ्जालमार्फत पनि शुभकामना व्यक्त गरेका छन् । 

शुक्रबार ३० माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट