सरकारले गरायो खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बृद्धि 


सरकारले गरायो खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्य बृद्धि 

Sambodhi Television


माघ २९, काठमाडौं । सरकारले खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थमा मध्यरातमा एकाएक मूल्य बढाएको छ । गएराती १२ बजेदेखि लागू हुने गरी सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले दरले मूल्य बृद्धि गराएको हो । त्यसैगरी खाना पकाउने ग्याँसमा प्रति सिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि गरिएको छ । 

यसअघि पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको मूल्य ९३ र खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर १३७५ रुपैयाँ थियो भने मूल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर रु ११२ र डिजेल र मट्टितेलको मूल्य रु ९५ पुगेको छ । त्यसैगरी खाना पकाउने ग्याँसको मूल्य प्रति सिलिन्डर १४०० रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ । 

सरकारले एकाएक मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भएको छ । मूल्य बृद्धिका विरुद्ध सामाजिक सञ्जालमा व्यापक विरोध भइरहेको छ । मूल्य बृद्धि गरेपनि नेपाल आयल निगमलाई अझै पेट्रोलमा प्रति लिटर ५.१६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.०१ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिन्डर २९५.८३ रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । 

बिहीबार २९ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट