बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै प्रचण्ड–नेपाल पक्षका सांसदहरु नाराबाजी गर्दै


बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै प्रचण्ड–नेपाल पक्षका सांसदहरु नाराबाजी गर्दै

Sambodhi Television


माघ १९, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी फागुन ५ गते बस्नेगरी स्थगित भएको छ । आज बस्ने तय भएको बैठक एकाएक फागुन ५ गते बस्नेगरी हिजो राती सूचना जारी भएपछि तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–माधव समूह) का प्रदेश सांसदहरु हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नाराबाजी गरिरहेका छन् । 

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध नेकपाकै प्रचण्ड–माधव पक्षका सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गराएका छन् । आजदेखि अविश्वास प्रस्तावमा छलफल हुने कार्यक्रम तय भएको भएपनि प्रदेशसभाका सभामुखले बैठक दुई साताभन्दा पछाडि सारेका हुन् । त्यसको विरोध गर्दै प्रचण्ड–नेपाल समूहका सांसदहरु विरोधमा उत्रिका हुन् । उनीहरुले ‘अल्पमतको सरकार राजीनामा दे’ लगायतका नारा लगाएर विरोध गरिरहेका छन् । 

यता अविश्वास प्रस्ताव दर्ता गरेसँगै नयाँ मुख्यमन्त्रीमा अगाडि सारिएकी नेकपा प्रचण्ड–माधव समूहकी संसदीय दलकी नेतृ अष्टलक्ष्मी शाक्यले आज पत्रकार सम्मेलन गर्दै अविश्वासको प्रस्ताव पारित हुने डर र आशंकाले सभामुखलाई प्रयोग गरिएको र सभामुख पनि अल्पमतको सरकारको लाचार छाया बनेको टिप्पणी गर्दै तत्काल प्रदेशसभाको बैठक बोलाउन माग गरेकी छन् ।
 

सोमबार १९ माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट