बलात्कारको आरोप लगाउने पायलले मागिन् माफी


बलात्कारको आरोप लगाउने पायलले मागिन् माफी

Sambodhi Television


असोज २९, २०७७ काठमाडौं । समाजमा दिनदिनै बलात्कारका घटनाहरु घट्दै जानेक्रम बढिरहेको बेला कलाकारिता क्षेत्र पनि अछुतो रहन सकेको छैन । कलाकालिरता क्षेत्रमा कहिले साँच्चिकै बलात्कारका घटना हुने गर्छन भने कहिले आरोप मात्रै समेत लगाउने गर्दछन् । 

यस्तैमा निर्माता अनुराग कश्यपलाई बलात्कारको आरोप लगाएकी नायिका पायल घोषले अर्की नायिका रिया चड्ढासँग विनाशर्त माफी मागेकी छिन् । मुम्बइको उच्च न्यायलयमा ऋचासँग पायलले विना शर्त माफी मागेपछि अदालतले उनले मागेको माफीको कुरालाई कुरा स्वीकार गरेको छ ।

यही आरोपका कारण पायल र रिचाबीच विवाद समेत भएको थियो । पायलले माफी मागेपछि रिचा र पायलको विवाद पनि सकिएको छ । पायलले आफूले रिचाको विषयमा गरेका सबै ट्विट र भिडियो हटाउने वाचा कुरा अदालतको बयानमा समेत बताएकी छिन् । 

पायलले अनुरागको मुद्दा अगाडि बढाउँदै गर्दा रिचाको विषयमा आपत्तिजनक टिप्पणी गरेकी थिइन् । सोही टिप्पणीपछि रिचाले पायलविरुद्ध १ करोड १० लाख क्षतीपुर्तीको माग गर्दै मुद्दा अदालतमा मुद्दा समेत हालेकी थिइन् । 
 

बिहीबार २९ आश्विन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट