नवनियुक्त ३ जना मन्त्रीले लिए पदको शपथ 


नवनियुक्त ३ जना मन्त्रीले लिए पदको शपथ 

Sambodhi Television


असोज २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त अर्थमन्त्री विष्णु पौडेलसहित नवनियुक्त तीनजना मन्त्रीले आज पदको सपथ लिएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार विष्णु पौडेललाई अर्थ, कृष्ण गोपाल श्रेष्ठलाई शहरी विकास र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा सिफारिस गर्नुभएको थियो । 

बिहीबार २९ आश्विन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट