राष्ट्रियसभामा समेत ओली पक्ष अल्पमतमा 


राष्ट्रियसभामा समेत ओली पक्ष अल्पमतमा 

Sambodhi Television


पुस १३, काठमाडौं । प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्थामा संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा समेत प्रधानमन्त्री केपी ओली समूह अल्पमतमा परेको छ । प्रतिनिधिसभामा अल्पमतमा परेसँगै पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभाको बैठक बोलाउने समय हुनै लाग्दा प्रधानमन्त्री ओली आफू अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रतिनिधिसभा विघटन भएको हो ।


प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्थमा पुस १७ गतेबाट राष्ट्रिय सभाको अधिवेशन सुरु हुने तयारी भइसकेको छ । यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको बैठक आब्हान गरिसकेकी छिन् । 

प्रतिनिधिसभा विघटन भएपनि पुनस्र्थापनाको माग गर्दै सो सम्बन्धी रिट सर्वाेच्च अदालतमा रिट परेको र सो मुद्दा विचाराधीन रहेको अवस्थामा राष्ट्रिय सभाको अधिवेशन बोलाइएको हो । 

तत्कालीन सत्तापक्षको एकल बाहुल्य रहेको राष्ट्रियसभामा सत्तापक्ष नै विभाजित भएपछि प्रधानमन्त्री ओली पक्षीय सांसदहरु त्यहाँ पनि अल्पमतमा परेका छन् । अब प्रधानमन्त्री ओलीले संकटकाल लगाईहाले पनि राष्ट्रियसभाबाट अनुमोदन हुने अवस्था छैन । प्रतिनिधिसभा नभएको बेला सरकारले संकटकाल लगाएपनि एक महिनाभित्र राष्ट्रियसभाबाट दुई तिहाई बहुमतका साथ संकटकाल अनुमोदन गर्नुपर्ने कानुनी प्रावधान छ । प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सामान्य बहुमत समेत गुमाएको अवस्थामा मुलुकमा संकटकाल लागू हुनसक्ने अवस्था छैन । 

सोमबार १३ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट