कांग्रेस–जसपाद्वारा संसद बैठक बोलाउन माग


कांग्रेस–जसपाद्वारा संसद बैठक बोलाउन माग

Sambodhi Television


पुस ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंगलबार संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएसँगै आक्रोशित बनेका विपक्षी राजनीतिक दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले तत्काल संघीय संसदको अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेका छन् ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा यी दुई दलका शीर्ष नेताबीच भएको भेटघाटमा संसदको विशेष अधिवेशन बोलाउन माग गरेका हुन् । यसअघि बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले संसद अधिवेशन बोलाउन माग गर्दै प्रतिपक्षी दलहरुसँग छलफल गर्ने निर्णय गरेको थियो । कांग्रेसको सोही निर्णय अनुसार जसपासँग बैठक गरेको हो । 

बैठकमा कांग्रेस सभापति देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. मिनेन्द्र रिजाल सहभागी रहेका थिए । त्यसैगरी जसपाबाट अध्यक्ष महन्थ ठाकुर र नेताहरु डा.बाबुराम भट्टराई र राजेन्द्र महतो सहभागी थिए ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएसँगै नेकपाभित्र समेत चर्को आलोचना भएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसमेत बरिष्ठ नेताहरु माधवकुमार नेपालसमेतका नेताहरुले तत्काल उक्त अध्यादेश फिर्ता गर्न पुस १ गतेको स्थायी कमिटी बैठकमा सहमति भएपनि आजसम्म ओलीले उक्त अध्योदश फिर्ता लिएका छैनन् । 
 

आईतवार ५ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट