मंसिर २०, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । यसअघि बैठकमा उपस्थित हुँदिन भन्दै आएका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समेत बैठकमा सहभागी भएका छन् ।
सचिवालय बैठक सुरु हुनुअघि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमै भेटवार्ता भएको थियो । २५ दिनसम्म सम्वादहिनतामा रहेका दुई अध्यक्षबीच छलफल भएसँगै प्रधानमन्त्री ओली समेत सचिवालय बैठकमा सहभागी भएका हुन् ।
आज भएको दुई अध्यक्षबीचको छलफलले नेकपाभित्र देखापरेको अन्तरसंघर्षमा कमी ल्याउने र पार्टीलाई पुन सहमति र सहकार्यको बाटोबाट अगाडि बढाउन मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ ।
शनिबार २० मंसिर, २०७७