राईसहित विवेकशीलका १३ जना साझा पार्टीमा एकीकृत नहुने


राईसहित विवेकशीलका १३ जना साझा पार्टीमा एकीकृत नहुने

Sambodhi Television


मंसिर १८, काठमाडौं । विवेकशील र साझा पार्टीबीच एकता प्रक्रिया चलिरहेका बेला विवेकशीलकी उपाध्यक्ष अजिता राईसहित सो पार्टीका १३ जना केन्द्रीय नेताहरु साझा पार्टीसँगको एकतामा सामेल नहुने भएका छन् । गत स्थानीय निर्वाचनमा छुट्टाछुट्टै दल रहेका विकेकशील र साझा पार्टी संघीय र प्रदेश निर्वाचनमा एकीकृत भएका थिए । तर केही समयपछि नै विभाजित हुन पुगेका यी दुई पार्टीबीच पुन एकीकरण हुने गृहकार्य चलिरहँदा विवेकशीलका १३ जना नेताहरु भने साझा पार्टीसँग एकता प्रक्रियामा सामेल नहुने भएका हुन् । 

विवेकशील नेपाली दलका दुईजना पदाधिकारीसहित १३ जनाले बिहीबार संयुक्तरुपमा विज्ञप्ति निकालेर अब बन्ने विवेकशील साझालाई शुभकामना व्यक्त गर्दै दुई दलबीचको मतभिन्नताका विषयलाई नटुङ्ग्याइ गरिएको एकतामा सहभागी हुन नसक्ने बताएका हुन् ।

उनीहरुले अब फेरि पार्टी दर्ताका लागि आफुहरुको विचारसँग सहमत हुनेहरु बीच छलफल गरी छिट्टै अगाडि बढ्ने बताएका छन् ।
विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझा पार्टीको एकतामा सामेल हुनेछन् ।

साझा पार्टीका संयोजक रवीन्द्र मिश्र विवेकशीलका संयोजक मिलन पाण्डकोलाई एकतापछि जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । साझाका मिश्र एकतापछिको अध्यक्ष र विवेकशीलका पाण्डे संयोजक हुने गरी एकता गर्ने यसअघि नै सहमति भइसकेको छ ।
यता साझासँग एकतामा सहभागी नहुने विवेकशीलका केन्द्रीय नेताहरु यसप्रकार रहेका छन् ।

१. अजीता राई – उपाध्यक्ष
२. संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन)
३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य
४. छिरिंग तामाङ – संघीय समिति सदस्य
५. विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
६. जेसन बैद्य – संघीय समिति सदस्य
७. शिशिर राई – संघीय समिति सदस्य
८. जमाल अली – संघीय समिति सदस्य
९. आशीष राई – संघीय समिति सदस्य
१०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
१२. शशिविक्रम कार्की – संघीय समिति सदस्य
१३. आलोक सुवेदी – संघीय समिति सदस्य

विवेकशील र साझा पार्टीबीचको एकतामा सामेल हुन अस्वीकार गरेका विकेकशीलका यी नेताहरुले आफूसँग विचार मिल्ने अन्य व्यक्तिहरुसँग छलफल गरी पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्ने तयारी गरेका छन् । 
 

बिहीबार १८ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट