ललितपुरको किस्ट अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु


ललितपुरको किस्ट अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

Sambodhi Television


असोज २९, काठमाडौं । कोरोना संक्रमितहरुबाट नेपालमा मृत्यु हुनेहरुको संख्या बढिरहेकै बेला पछिल्लो समय ललितपुरको किस्ट अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

ललितपुर इमाडोलका ८५ वर्षीय कोरोना संक्रमित ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको हो । 

कोरोना संक्रमित ती विरामीलाई असोज २० गते अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा २१ गते पोजेटिभ रिपोर्ट आएको थियो । छातीको समस्या भएको उनको छातीमा पानी जमेको देखिएको थियो । 
 

बिहीबार २९ आश्विन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट