सहयात्राको स्वर्णीम २५ औँ बसन्त


सहयात्राको स्वर्णीम २५ औँ बसन्त

Kiran Moktan


 

किरण मोक्तान

जिन्दगी व्यवस्थापन गर्न सके हरपल सुनौलो छ नत्र अभिसाप, त्यस्तै हाम्रो सहयात्राको २५ औँ बर्षको आरम्भ एक अविस्मरणीय पलहरुले भरिएर सुनौलो गाथा बनेको छ । हरेक छोरीको सपना हुन्छ आफु विवाह भएर पराइ घर जाँदा माया गर्ने परिवार, सहयोगी, विश्वासीलो श्रीमान्, असल सन्तान र सबैको माया साथमा सफल हु्ने चाहना, त्यो कल्पना र सपना मेरो पनि नभएको होइन तर मेरा हरेक इच्छा आकांक्षाहरु विस्तारै पुरा हुँदै गए, हुँदैछ र हुनेछन् भन्ने विश्वासमा छु र यो सबै प्राप्त हुनुमा मेरो जीवनसाथी अनि परिवारको त्याग र योगदान प्रति सदा ऋणी छु ।


आजभन्दा २४ बर्ष अगाडि हामी दुवैको परीवारको सहमतिमा २०५३ मंसिर १२ गते हाम्रो आफ्नो रीतिरीवाज अनुसार मागी विवाह भयो जुनबेला घर र पहिचान फेरीएर अन्मिदाको पीडा आज पनि कतै विवाह उत्सवमा माइतीघरबाट दुलही अन्माउँदा बजाउने पञ्चे बाजाको धुनले मेरो मन भक्कानीन्छ । मुटु चसक्क हुन्छ । अनायासै आँखाबाट आँसु छचल्कीन्छ । आफै माइतीघरबाट बिदाई हुँदैछु भन्ने बोध गराउँछ अनि समाजमा देखिएका पारीवारीक, कारुणीक घटना देखेर ति अन्मिदै गरेका दुलहीका भविष्यका बारेम चिन्तित हुन्छु र आफैमा एकछिन हराँउछु तर सोचेझैँ जिन्दगी हुँदैन रैछ, कारण म र मेरो श्रीमान् परिवार र हाम्रो सहयात्राको यी अनमोेल बसन्तहरु एक ज्वलन्त उदाहरण हुन्  ।


बुझ्नेलाई श्रृखण्ड नबुझ्नेलाई खुर्पाको बीँड भनेझै्ँ हाम्रो जिन्दगी पनि त्यस्तै रहेछ । सत्र वर्षको उमेरमा परिवारले रोजेके दुलहासँग घरकी जेठी बुहारी भएर आफ्नो कर्मघर भित्रदा मलाई पनि कति डर चिन्ता थियो  तर त्यो सबै डर चिन्ता मेरो सासुआमाको मायाले विर्साइ दिनुभयो । उहाँ सासु होइन एक असल साथी बनेर बाँचुञ्जेल साथ दिनुभयो । तर हाम्रो दुर्भाग्य भनुँ या उहाँको आयु सकिएको हाम्रो माया विश्वास र साथ करिब नौ वर्षको यात्रा लाई बिट मारेर भगवानको प्यारो हुनुभयो र मेरा परिवारलाई अभिभावक विहिन बनाएर यो संसार छाडी सदा सदाको लागी आमा जस्तो पवित्र नाता र शब्दलाई केवल शब्दमा मात्र सीमित बनाई हामीलाई धेरै शिक्षा अर्ति उपदेश दिएर सहज जिन्दगी र स्वर्णीम समय बनाउन उदाहरणीय मार्गनिर्देश गराउनु भयो । धेरै व्यवहारीक ज्ञानहरु बाँडेर आफ्ना मुटुका टुक्रा, सन्तानहरुलाई कहिलै नभेट्ने याात्रामा विलिन हुनुभयो । त्यसपछिका दिनहरुमा सासु आमाले देखाउनुभएका सिकाउनभएका सामाजिक व्यवहारीक पक्षलाई आत्मसात गर्दै मेरो श्रीमान र मैले भोगेका जिन्दगीका कैयन पलहरु आज एउटा पवित्र फुल गुलाव झैँ बनेको छ । जसरी काँडा नै काँडाबीच फुलेको गुलावको फुललाई पवित्र प्रेमका प्रतिकका रुपमा जाहेर गछौँनि हाम्रो जिन्दगी पनि त्यस्तै बनेके छ । नियतिले उजाडेको मेरो कर्म आमाबाबा जसले मेरो श्रीमान् जस्तो असल व्यक्तिलाई जन्म दिनुभएको छ, असल संस्कार दिनुभएको छ । आज मेरो कर्म आमाबाबा हामीमाझ नभएपनि उहाँहरुको आशीर्वादले हामीसँग सुन्दर परिवार छ ।  नन्द, आमाज्यु, दृेवर हामी सबैका सन्तान र हामी सबै खुसी छौँ । सबै असल छन् ,सफल छन् ।


आभारी छु - मेरालागी असल ज्वाई रोज्नुहुने मेरा जन्मदाता मेरा मातापिता, मेरो ९२ वर्षिय हजुरबुवा र सम्पुर्ण मेरा अभिभावक र मान्यजन्प्रति ।
ॠणि छु - मेरा सम्पुर्ण परिवार, साथीभाई, सहयोगी शुभचिन्तकहरुको जसले हामीलाई हाम्रा चुनौतिपुर्ण सफल जिन्दगीको सहयात्रामा साथ, सहयोग, मार्गनिर्देश र हौसला प्रदान गर्नुभयो ।
बाचा गर्दछु - मेरो श्रीमान्, परिवार र अभिभावकमा जसरी हाम्रो सम्बन्धको २४ औँ वर्ष स्वर्णीम पल बन्यो आगामी सहयात्रालाई खुशीखुशी बहन गर्ने छु ।
प्राथना गर्दछु भगवानसँग - सके राम्रो गर्नेछु, नसके नराम्रो गर्ने मन कहिल्यै नआओस् ।
आशा छ - सबैको माया साथ सदा पाउने छु । 
गौरव छ - मेरा सन्तानप्रति जसले आफ्ना पुर्खाले देखाएका असल मार्गमा हिँड्दैछ, हिँडिरहने छ । 
धन्यवाद छ - मेरा जिवनसाथी जसले श्रीमति र छोराछोरीको इच्छा, चाहना  र सुनौलो भविष्यका निम्ति आफ्ना इच्छा आकांछाहरुलाई त्याग गर्नुभई असल पति र जिम्मेवार पिता बनी हमेशा खुशी र साथ दिनुभई विवाहित जिवनलाई २४ औँ वर्ष पुरा र २५ औँ वसन्तलाई स्वर्णीम पल निर्माण गर्न सकारात्मक सहयोग रह्यो ।  

 

भिडियोको लागि:

 

शनिबार १३ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट