नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुने, वार्ता गर्न दियो भारतले निम्तो


नेपाल–भारतबीच परराष्ट्रमन्त्रीस्तरीय वार्ता हुने, वार्ता गर्न दियो भारतले निम्तो

Sambodhi Television


मंसिर १२, काठमाडौं । नेपाल र भारतबीच देखिएको सिमा लगायतका विवाद समाधानका निम्ति वार्ता गरिने भएको छ । परराष्ट्र मन्त्रीस्तरीय वार्ताका लागि भारतले नेपाललाई निम्तो दिएपछि वार्ता हुने भएको हो । 

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई डिसेम्बरको दोस्रो साता भारतमा हुने परराष्ट्र मन्त्री स्तरीय बैठकमा उपस्थित हुनका लागि निम्तो दिएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग विहिबार भएको भेटमा भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगलाले वार्ताका निम्ति निम्तो दिएका हुन । यद्यपि वार्ता डिसेम्बर दोस्रो साता भएपनि कुन दिन हुने भन्ने विषयमा भने अहिलेसम्म टुंगो लागेको छैन् ।
 

शुक्रबार १२ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट