चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण


चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण

Sambodhi Television


असोज २८, काठमाडौं । विश्वका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई कोरोना भाइरस संक्रमण भएको पोर्चुगलको फुटबल संघले पुष्टि गरेको छ ।

रोनाल्डोलाई संक्रमण पुष्टि भएपछि केही समयदेखि उनी राष्ट्रिय टिमबाट बाहिरिएका छन् । कोरोनाकै कारण आज (बुधबार) हुने स्वीडेनविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

नेसन्स लिगमा फ्रान्स र पोर्चुगलबीचको खेल भएको केही दिनमा रोनाल्डोमा संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएको केही घण्टाअघि उनले आफ्नो टिमका साथीहरुसँग सेल्फी समेत खिचेका थिए । 
 

बुधबार २८ आश्विन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट