नेकपाले शुक्रबार बोलायो सचिवालय बैठक


नेकपाले शुक्रबार बोलायो सचिवालय बैठक

Sambodhi Television


कार्तिक २७, काठमाडौं । नेकपा सचिवालयका बहुमत सदस्यले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित पत्र दिएको एक सातापछि नेकपाले सचिवालय बैठक शुक्रबार बोलाएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहित माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले तत्काल सचिवालय बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए । बैठक माग गरिएको पत्र प्राप्त भएसँगै पार्टी अध्यक्ष ओलीले महासचिवलाई विधानअनुसार गर्नु भन्ने तोक आदेश समेत दिनुभएको थियो ।

यद्यपि बैठक माग गर्ने सचिवालय सदस्यहरुले पहिले कार्तिक २३ गते बैठक बस्न माग गरेका थिए । उक्त मितिमा अध्यक्ष ओली सहमत नभएपछि कार्तिक २७ गते पुन बैठक बस्ने माग गरेका थिए । यसमा पनि ओली सहमत भएका थिएनन् । 
 

बिहीबार २७ कार्तिक, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट