नेकपा विवाद मिलाउन ‘कार्यदल’ फेरि सक्रिय हुँदै


नेकपा विवाद मिलाउन ‘कार्यदल’ फेरि सक्रिय हुँदै

Sambodhi Television


कार्तिक २४, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा पटकपटक बल्झिदै आएको विवाद मिलाउन यसअघि गठन गरिएको ‘विवाद समाधान कार्यदल’  फेरि सक्रिए भएको छ । 

कार्यदलका संयोजक रहेका महासचिव विष्णु पौडेलसहित शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल समेतको टोलीले पार्टीमा पछिल्लो पटक देखिएको विवाद समाधान गर्न आब्हान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै भेट्ने कार्यक्रम रहेको बताइएको छ । 

उक्त कार्यदलले स्थायी कमिटी बैठकसँगै चर्किएको विवाद टुंगोमा पु¥याउँदै चैतमा महाधिवेशन गर्ने, त्यसअघि सरकारको काम कारवाहीमा पार्टी निर्देशन बमोजिम हुने र पार्टी काममा सक्रिय रहन प्रचण्डलाई कार्यकारी अधिकार दिनेगरी सहमति भएको थियो । तर उक्त सहमति एक महिना पनि टिक्न सकेन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दसैं अगाडि नै राजदूत नियुक्ति नयाँ मन्त्रीहरु थप्दा आफ्नो गुटको मात्रै थपेपछि नेकपाको विवाद ज्यूँका त्यूँ रहेको थियो । अहिले त्यही विवाद मिलाउन भन्दै कार्यदलका सदस्यहरु सक्रिय भएका छन् ।

सोमबार २४ कार्तिक, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट