काठमाडौंमा पनि नेकपाको गुट भेला सम्पन्न


काठमाडौंमा पनि नेकपाको गुट भेला सम्पन्न

Sambodhi Television


कार्तिक २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा तल्ला कमिटीहरुमा समेत गुटगत भेलाको सुरुवात हुन थालेको छ । खासगरी प्रधानमन्त्री केपी शर्मा ओली पक्षले तल्ला कमिटीहरुमा भेला गरेर आफ्नो अवस्था बुझ्ने कोसिश गरिरहेको प्रचण्ड नेपाल समूहले बताएको छ । 

केही दिन अगाडि प्रदेश नम्बर एकमा भएको जुम भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको थियो । प्रचण्ड–नेपाल पक्षले उक्त भेलाबारे प्रश्न उठाइरहेकै बेला काठमाडौं जिल्ला कमिटीले पनि अर्को भेला आयोजना गरेको छ । उक्त भेलामा सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको छ । 

भेलाबारे बहस सुरुवात भएसँगै नेकपा काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राईले पार्टीभित्रको विवादको वास्तविकता बुझ्न अनौपचारिक भेला राखिएको बताउनु भयो । उहाँले आफ्नो उद्देश्य पार्टी विभाजनलाई बल पु¥याउनु नभएको तर कार्यकर्तासँग सम्पर्क र सम्बन्ध विस्तार गर्न रहेको बताउनु भयो ।

भेलामा पूर्व माओवादी पक्षका कुनै पनि नेता कार्यकर्तालाई बोलाइएको थिएन । पूर्व एमालेभित्रका पनि माधव नेपाल पक्षका केही पनि नेता कार्यकर्ताहरु भेलामा उपस्थित भएनन् ।

आईतवार २३ कार्तिक, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट