कार्तिक २५, काठमाडौं । पटकपटक पेटे«लियम पदार्थ र खाना पकाउने इन्धनको मूल्य बृद्धि गर्दै आएको सरकारले बुधबार रातीदेखि लागू हुनेगरी फेरि इन्धनको मूल्य बृद्धि गरेको छ । यो पटकको मूल्य बृद्धि सर्वसाधारण जनताको ढाढ सेक्नेगरी नै भएको छ । सरकारले केही समय अगाडि मात्रै खाना पकाउने ग्याँसको मूल्य बृद्धि गरेमो बुधबारबाट फेरि एकैचोटी प्रति सिलिन्डर ७५ रुपैयाँले बृद्धि हुनेगरी मूल्य बढाएको छ । यो मूल्य बृद्धिसँगै सर्वसाधारणको ढाढ सेक्नेछ ।
त्यसैगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गराएको छ । मूल्य बृद्धि भएसँगै अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ । आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पु¥याइएको निगमका सहायक प्रवक्ता पुस्कर कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ । निगमले गत कार्तिक १२ गते पनि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।
मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रति लिटर रू.१७.५८, डिजेलमा १३.१४ रुपैयाँ र ग्यासमा प्रति सिलिन्डर रू. ६५७.८४ घाटा रहेको बताएको छ । निगमले १५ दिनमा २ अर्ब ६२ करोड घाटा हुने अनुमान गरेको छ । यो घाटा कम गर्नका लागि भन्दै पटकपटक मूल्य बढाउनु परेको प्रवक्ता कार्कीले बताउनु भयो ।
बिहीबार २५ कार्तिक, २०७८