भुजीमा तीन दिने पुरुष भलिवल प्रतियोगिता सम्पन्न


भुजीमा तीन दिने पुरुष भलिवल प्रतियोगिता सम्पन्न

Sambodhi Television


उमाकुण्ड, रामेछाप । उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी कोलडाडास्थित भुजीमा पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । 

कार्तिक १२, १३ र १४ गते गरी तीन दिनसम्म आयोजना भएको उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले गर्नुभएको हो । कार्यक्रममा उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजीका वडा अध्यक्ष रुद्रमणि नेवार अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । 

प्रतियोगिताको आयोजक लिखुभुजी रामेछाप युवा क्लव, भुजी हातेमालो समाज, बुम्देल सामुदायिक स्वास्थ्य सेवा समिति, कास्थेन एल्मुनाई समाज र भुजी फुटबल क्लव रहेका थिए भने सहयोगी संस्थाको रुपमा उमाकुण्ड गाउँपालिका रहेको थियो । ११ टिम सहभागी भएको प्रतियोगितामा खिजीदेम्वा गाउँपालिका रावली गुरुङ समाजले प्रथम स्थान हासिल गरेको थियो । त्यसैगरी दोरम्वा गाउँपालिका वडा नं. २ दोरम्बा शैलुङ खेलकूद विकास समितिले दोस्रो स्थान हासिल गरेको थियो भने लिखुतामाकोशी गाउँपालिका वडा नं. ४ को गैयादेवी निर्माण सेवा रातमाटाले तेस्रो तथा उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी सिलुङ मेडल समाजले चौथो स्थान हासिल गरेको छ । 

विजयी प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमलाई नगद ५०, ४०, ३० र चौथो हुने टिमलाई सान्त्वना पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो । बीचबीचमा सांस्कृतिक कार्यक्रम समेत सञ्चालन गरिएको प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि जिल्ला समन्यव समिति रामेछापकी सदस्य मैया सार्की तथा उमाकुण्ड गाउँपालिका सदस्य मनिता सुनुवार विशेष अतिथिका रुपमा उपस्थिति हुनुहुन्थ्यो । मनोज सुनुवारको सभापतित्वमा भएको प्रतियोगितामा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । 

मंगलवार २३ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट