हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका ज्येष्ठ सदस्यहरुलाई घरघरमै पुगेर सम्मान


हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका ज्येष्ठ सदस्यहरुलाई घरघरमै पुगेर सम्मान

Sambodhi Television


काठमाडौं । अक्टोबर १, असोज १५ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भ पारेर हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले संस्थाका ७० बर्ष भन्दा माथि उमेर भएका ज्येष्ठ नागरिकहरुलाई घरघरमै पुगेर सम्मान गरेको छ । सामाजिक क्षेत्रमा केही न केही नयाँ गर्दै आएको सहकारीले जेष्ठ नागरिक दिवसको अवर पारेर यसवर्ष संस्थाका जेष्ठ सदस्यहरुलाई सम्मान गरेको हो । जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने क्रममा दोसल्ला ओढाइएको थियो भने संस्थाका तर्फबाट जेष्ठ नागरिकहरुलाई हर्लिक्स र बिस्कुट जस्ता खानेकुराहरु दिइएको थियो । संस्थाका प्रतिनिधिहरु (सञ्चालक) यसरी घरघरमै आएर आफुहरुलाई सम्मान गर्दा ज्येष्ठ सदस्यहरुले खुशी व्यक्त गर्दै आशिर्वाद समेत दिएको संस्थाका सञ्चालकहरुले बताएका छन् । 

विगत १२ वर्ष अघि बचत तथा ऋणको कारोबारबाट शुरु गरिएको संस्थाको १२ औं साधरणसभासम्म आइपुग्दा बहुउद्देश्यीय कार्य गर्न अनुमति लिई उद्देश्य अन्तर्गतका कार्यक्रमहरु संचालनमा ल्याइसकेको छ । सहकारीले कृषिमा लगानी, सहकारी पसल, युवाहरूलाई स्वरोजगारको अवसर दिलाउन सफल संस्थाले आफ्नो सामाजिक उत्तर दायित्व पनि सफलतापूर्वक बहन गरेको छ । विगत केही बर्ष देखि सामाजिक क्षेत्रमा पनि सक्रिय हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरुका गा¥हो सारो अप्ठ्यारोमा साथ सहयोगका लागि महिला सदस्य सुत्केरी भत्ता बच्चाको सुरक्षित भविष्यको लागि खुत्रुके उपहार, सदस्यको छोराछोरीको विवाह ब्रतबन्धमा नगद उपहार र सदस्यहरुको मृत्युमा रु दशहजार किरिया खर्च समेत उपलब्ध गराउँदै आएको छ ।

कोभिडको कारण रोकिएका संस्थाका सामाजिक कार्यक्रमहरु सामुहिक रूपमा संचालन गर्न नसकेपनि सदस्यहरुको सजिलो र खुशीका निम्ति ज्येष्ठ सदस्यहरुलाई घरघरमै पुगेर सम्मान गर्न पाउँदा र उहाँहरुको निश्चल हृदयबाट प्रस्फुटित आशिर्वचनले आफू निकै गौरवान्वित र भावुक भएको कुरा हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बासुदेब घिमिरेले बताउनु भयो ।

यस संस्थाले विगतका वर्षहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको तर सदस्य सुत्केरी हुँदा खुशी साट्न सदस्यलाई सुत्केरी खर्च पु¥याउन र सदस्यको मृत्युमा समवेदना व्यक्त गर्न बाहेक अन्य अवस्थामा सदस्यको घरमा नपुगेको र यो वर्षको ज्येष्ठ नागरिक दिवसमा ७० वर्षभन्दा माथिका सदस्यहरुको घरघरमा पुगेर उहाँहरुको जीवन भोगाइ, त्याग र समर्पणका अनुभव खुशीले भावविह्वल हुँदै ब्यक्तिगत र संस्थागत आशिर्वचनले आफूमा छुट्टै उर्जा प्राप्त भएको संस्थाका प्रबन्ध संचालक सुमन बिक्रम थापाले बताउनु भयो । 

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बासुदेब घिमिरे, सचिव सागर बख्रेल, कोषाध्यक्ष अर्जुन कार्की र सदस्यहरु किरण मोक्तान, बिष्णुबहादुर राउत तथा सेवाकेन्द्र व्यवस्थापन कमिटी सदस्य श्रीहरी श्रेष्ठ र कर्मचारी सरोज थापाको सहभागिता रहेको थियो ।

संस्थाले सम्मान गरेको जेष्ठ नागरिकहरुमा प्रा.डा लोकबिक्रम थापा, डा .केशव चन्द्र शर्मा, ईश्वरचन्द्र शर्मा, शिबप्रसाद शर्मा, अच्युतप्रसाद पोखरेल, शंकरप्रसाद गजुरेल, कृष्णकुमारी कार्की, कान्छी महर्जन, पितकुमारी ढुंगाना, मेजरीमाया श्रेष्ठ हुनुहुन्छ ।
 

शुक्रबार २२ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट