नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने


नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुने

Sambodhi Television


असोज ८, काठमाडौं । एक महिना अगाडि मात्रै नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाले विभाजन गरी नेकपा (एकीकृत समाजवादी) गरेपछि पार्टीलाई नयाँ गति दिने तयारी गरेको नेकपा एमालेको आज (शुक्रबार) बाट केन्द्रीय कमिटीको देखि सुरु हुने भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहान ११ बजेबाट बैठक बस्ने तयारी भएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । 

कार्यालय सचिव तामाङले उक्त बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनका लागि राजनीतिक, सांगठनिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने र सो छलफल शनिबारसम्म जारी रहने र विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी रहेको एमाले कार्यालय सचिव तामाङले बताउनु भयो । 

शुक्रबार ८ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट