२१ औं शताब्दीको एक दिवसीय अन्तराष्ट्रियमा सन्दीपले दर्ता गरे ऐतिहासिक किर्तिमान 


२१ औं शताब्दीको एक दिवसीय अन्तराष्ट्रियमा सन्दीपले दर्ता गरे ऐतिहासिक किर्तिमान 

Sambodhi Television


काठमाडौं । नेपाली स्पिन सेन्सेसन सन्दिप लामिछानेले शुक्रबार पपुवा न्यू गिनी विरुद्ध खेलेको एकदिवसीय खेलमा आफ्नो नाममा नयाँ किर्तिमान रच्न सफल भएका छन् । उनी एकाइसाँै शताब्दीमा एक दिवसीय अन्तराष्ट्रियमा लगातार तीन म्यान अफ द म्याच जित्न एकमात्र खेलाडी बन्न सफल भएका छन् । भारतका सौरभ ग्यांगुलीले भने २०औँ शताब्दीमा एक दिवसीय अन्तराष्ट्रियमा लगातार ४ म्यान अफ द म्याचको उपाधि जितेका थिए । 

शुक्रबार भएको खेलमा नेपालले पि.एन.जी विरुद्ध दिएको २३४ रनको लक्ष्य पछयाउदै दोस्रो इनिङ््समा ब्याटिङ गरेको पि.एन.जी १९.१ ओभरमा ८२ रनमा अल आउट हुन पुग्यो । पि.एन.जीको ब्याटिङ लाईन अपलाई तहन नहस गर्न नेपाली बलरहरुले निकै राम्रो भूमिका निर्वाह गरे ।  

शनिबार २६ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट