दक्षिण अमेरिकी फुटबलमा ५० वर्षपछि मेसीले तोडे पेलेको कीर्तिमान


दक्षिण अमेरिकी फुटबलमा ५० वर्षपछि मेसीले तोडे पेलेको कीर्तिमान

Sambodhi Television


भदौ २५, काठमाडौं । अर्जेन्टिनी फुटवल टोलीका कप्तान लिओनल मेसीले एकपछि अर्को किर्तिमान बनाउने क्रममा अर्को किर्तिमान थपेका छन् । विश्वकप छनौट अन्तर्गत दक्षिण अमेरिकी मुलुकहरुबीचको प्रतिप्रस्र्थामा मेसीले ह्याट्रिक गर्दै ५० वर्षपछि ब्राजिलियन फुटबल लेजेण्ड पेलेको कीर्तिमान तोडेका हुन ।

यसअघि अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दक्षिण अमेरिकी क्षेत्रका खेलाडीको कीर्तिमान लेजेण्ड पेलेको नाममा रहेको थियो । मेसीले पेलेको किर्तिमान तोडेका हुन् । फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा शुक्रबार बिहान अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गर्दा ह्याट्रिक गर्दै मेसीले पेलेको कीर्तिमान तोडेका हुन । पेलेले ९२ खेल खेल्दै ७७ गोल गरेका थिए । तर मेसीले १५३ खेल गर्दै ७९ गोल गरेका छन् । मेसीले पेलेभन्दा २ गोल बढी गरेका छन् । 

पेलेको उक्त कीर्तिमान सन् १९७१ देखि शुक्रबार बिहानसम्म कायम थियो । मेसीले सन् २०२१ सेप्टेम्बर १० तारिखदेखि पेलेको उक्त किर्तिमान तोड्दै मेसीले आफ्नो नाममा दक्षिण अमेरिकी फुटवलमा सर्वाधिक गोलकर्ताके सूचीमा आफ्नो नाम लेखाएका हुन् । 

शुक्रबार २५ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट