नेपाल र बंगलादेशका महिला फुटवल टोलीबीच आज दशरथ रंगशालामा खेल हुने


नेपाल र बंगलादेशका महिला फुटवल टोलीबीच आज दशरथ रंगशालामा खेल हुने

Sambodhi Television


भदौ २४, काठमाडौं । नेपाल र बंगलादेशका महिला फुटवल टोलीबीच आज दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । एएफसी महिला एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाल र बंगलादेशबीच पहिलो मैत्रीपूर्ण खेल आज हुन लागेको हो । यस खेलबाट नेपालको महिला सिनियर टिमले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा डेब्यु गर्दैछ । नेपालको सिनियर महिला टोलीले दशरथ रंगशालामा पहिलो पटक फुटबल खेल्न लागेको हो ।

महिलाको उमेर समूह टीमले रंगशालामा खेलपनि सिनियर टिमले भने करिब ३५ वर्षको अन्तर्राष्ट्रिय इतिहासमा पहिलो पटक खेल्न लागेको हो । नेपाल र बंगलादेशबीचको खेल साँझ ५ बजे सुरु हुनेछ ।

यस्तै पहिलो पटक महिला टिमले विदेशी प्रशिक्षकको प्रशिक्षणमा खेल्दैछन । अष्ट्रेलियन ग्यारी फिलिप्सको आगमनपछि महिला टिमले पहिलो खेल खेल्न लागेको हो । 

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपाल र बंगलादेशले दुई मैत्रीपूर्ण खेलबाट केही समय पछि हुने छनोट खेलमा सहयोग पुग्ने विश्वास राखेको छ । नेपाली महिला फुटवल टोलीका मुख्य प्रशिक्षक ग्यारीले नयाँ खेलाडीका लागि यो खेल अवसर हुने बताएका छन् । नेपाली टिममा यसपटक ७ नयाँ अनुहार छन् । 

उक्त प्रतियोगितामा दर्शकले मैदानमै गएर हेर्न पाउने व्यवस्था छ । त्यसका लागि एन्फाले सामान्य प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० को टिकट मूल्य तोकेको छ । टिकट प्रभु पे बाट किन्न सकिने एन्फाले जनाएको छ ।
 

बिहीबार २४ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट