बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए


बाग्मती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री थपिए

Sambodhi Television


भदौ २३, हेटौंडा । नेकपा एमाले विभाजनसँगै अल्पमतमा पर्नुभएकी बाग्मती पद्रेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । पार्टी विभाजनसँगै बहुमत गुमाउनुभएकी मुख्यमन्त्री शाक्यले आज (बुधबार) ६ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्दै मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । शाक्यद्वारा विस्तार गरिएको मन्त्रीपरिषद्मा अजयक्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी एमाले विभाजन हुनु अगाडिसम्म माधव नेपाल पक्षमा रहनुभएक रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्ति गरिएको छ भने विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बन्नुभएको छ । यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीमा रामेछापका कैलाशप्रसाद ढुंगेल हुनुहुन्थ्यो । रामेछापबाट निर्वाचित प्रदेश सांसद शान्तिप्रसाद पौडेलले पनि माधव नेपाल पक्ष परित्याग गर्नुभएको थियो । 

त्यसैगरी विस्तारित मन्त्रीपरिषदमा प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्ति गरिएको छ । 

मुख्यमन्त्री शाक्यले जीवन खड्कलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्यमन्त्री , जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त हुनुभएको छ । 

नवनियुक्त ६ मन्त्री र ४ जना राज्यमन्त्रीले आजै सपथ लिएका छन् । आज मन्त्रीपरिषद विस्तार भएसँगै बाग्मती प्रदेश सरकार १२ सदस्यीय भएको छ । 
 

बुधबार २३ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट