अविरल वर्षापछि आएको बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु डुबानमा, काढीका कारण ३८२ घर डुबे, १३८ जनाको उद्दार गरियो


अविरल वर्षापछि आएको बाढीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरु डुबानमा, काढीका कारण ३८२ घर डुबे, १३८ जनाको उद्दार गरियो

Sambodhi Television


भदौ २१, काठमाडौं । गएरातीदेखि परेको अविरल वर्षाका कारण आएको बाढीका कारण काठमाडौं उपत्यकाका नदी किनाराका बस्तीहरु डुबानमा परेका छन् । काठमाडौंमा आएको बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । त्यसैगरी बाढीबाट प्रभावित एक सय ३८ जनालाई प्रहरीले उद्दार गरेको छ ।

रातभरि परेको वर्षाका कारण खोला किनारका बस्ती डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्दार गरेर सुरक्षित स्थानमा राखिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताउनु भयो । एसएसपी सिंहका अनुसार बाढीका कारण बल्खुको तरकारी बजार, कुलेश्वरको हाउजिङ क्षेत्र, कोटेश्वरको नरेफाँट क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क, कालिमाटीको तरकारी बजारलगायतका क्षेत्रहरु बाढीका कारण डुवानमा परेका छन् । 

बाढीका कारण घरहरु डुबानमा परेपनि मानवीय क्षति भने नभएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सिंहले बताउनु भयो ।
 

सोमबार २१ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट