एमाले रामेछापका नेताहरु अलमलमा, कार्यकर्ता विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीमा


एमाले रामेछापका नेताहरु अलमलमा, कार्यकर्ता विद्रोह गर्दै नेकपा एकीकृत समाजवादीमा

Sambodhi Television


भदौ १८, मन्थली । नेकपा एमाले विभाजनको असर रामेछापमा पनि देखा पर्न थालेको छ । एमालेभित्रको अन्तरसंघर्ष जारी रहेकै बेला माधव नेपाल पक्षमा जिल्लाका नाम चलेको एमालेका नेताहरु रहेको भएपनि भदौ ९ गते औपचारिक रुपमै विभाजन भएपछि भने अशिकांश नेताहरु एमालेमै बस्ने कि विभाजनतर्फ लाग्ने भन्ने अन्यौलमै रहेका छन् । 

एमालेका केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इन्चार्ज देवशंकर पौडेल सुरुदेखि नै नेपाल समूहको नेकपा (एकीकृत समाजवादी)मा खुलेरै लागिसक्नु भएको छ । पौडेल माधव नेपाल पक्षले निर्वाचन आयोगमा दल विभाजनमा निवेदन दिएका ५६ जना केन्द्रीय सदस्यभित्रै हुनुहुन्छ । त्यसैगरी प्रदेश सांसद शान्तिप्रसाद पौडेल विभाजनअघि नेपाल पक्षमै रहेको भएपनि विभाजनपछि के गर्ने भन्ने निक्र्यौल गर्न नसकेको र विगतमा नेपाल पक्षमा रहेका अधिकांश नेताहरु कता लाग्ने भन्ने टुंगो नलागिरहेका बेला नेकपा (एकीकृत समाजवादी) सुनापति गाउँपालिका अध्यक्ष लालसिंह घिसिङले भने एमालेका कार्यकर्ताहरु विद्रोह गर्दै नेकपा (एकीकृत समाजवादी) मा ध्रुवीकरण हुन थालेको बताउनु भएको छ । घिसिङले एक भदौ १८ गते एक विज्ञप्ति जारी गर्दै यस्तो कुरा बताउनु भएको हो । 
 

शुक्रबार १८ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट