एमाले सुनापति अध्यक्ष ज्ञानकुमार योञ्जनकी आमाको ९१ वर्षमा निधन


एमाले सुनापति अध्यक्ष ज्ञानकुमार योञ्जनकी आमाको ९१ वर्षमा निधन

Sambodhi Television


साउन ३० दिमीपोखरी, रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला सुनापति गाउँपालिका अध्यक्ष ज्ञानकुमार योञ्जन तथा नेकपा एमालेका नेता एवं रामेछाप जिल्लाका पूर्व जिल्ला विकास समिति सदस्य प्रदीप योञ्जनलाई मातृकोश परेको छ । उहाँहरुकी आमा कान्छी लामाको ९१ वर्षमा आज बिहान करीव ३ः३० बजेतिर उपचारको क्रममा निधन भएको हो । 

लामालाई हिजो राति मात्रै विसन्चो भएपछि छोरा ज्ञानकुमार योञ्जनले भक्तपुर अस्पताल लैजानु भएको थियो । भक्तपुर अस्पतालमा उपचार सम्भव नभएपछि काठमाडौको वीर अस्पताल रिफर गरिएको थियो । राती करीव २ बजे वीर अस्पताल लगिएको र त्यहाँ उपचार प्रक्रिया सुरु हुँदैगर्दा आज बिहान ३ः३० बजेतिर उहाँको निधन भएको स्वर्गीय लामाका छोरा ज्ञानकुमार योञ्जनले बताउनु भयो ।

मृतक कान्छी लामाका ५ छोराहरु दलबहादुर योञ्जन, पदमकुमार योञ्जन, प्रदीप योञ्जन, ज्ञानकुमार योञ्जन र प्रवलकुमार योञ्जन तथा दुई छोरीहरु कुमारी योञ्जन र मिना योञ्जन रहेका छन् । योञ्जन परिवार वामपन्थी आन्दोलनमा अग्रणी परिवार हो । पूर्व जिविस सदस्य प्रदीप योञ्जन र नेकपा एमाले सुनापति गाउँपालिका अध्यक्ष ज्ञानकुमार योञ्जन बहुदलीय व्यवस्था पुनस्र्थापनापछि गाविस अध्यक्ष निर्वाचित हुनुभएको थियो भने प्रवलकुमार योञ्जन स्वास्थ्यकर्मी हुनुहुन्छ । 

योञ्जन परिवारमा परेको शोकप्रति नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ, एमाले नेताहरु भुवनविक्रम घिमिरे, लगायतले गहिरो शोक व्यक्त गरेका छन् । 
 

शनिबार ३० श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट