नेकपा एमाले माधव नेपाल पक्षले बनायो युवा संघको अन्तर जिल्ला कमिटी अध्यक्षमा श्रेष्ठ, पिपुल्स भोलेन्टियर्स कमाण्डमा थापा चयन


नेकपा एमाले माधव नेपाल पक्षले बनायो युवा संघको अन्तर जिल्ला कमिटी अध्यक्षमा श्रेष्ठ, पिपुल्स भोलेन्टियर्स कमाण्डमा थापा चयन

Sambodhi Television



साउन २४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको अन्तरसंघर्ष समाधानको दिशातर्फ गइरहेको नेताहरुले बताउँदै आएको भएपनि एमालेका दुई समूह (अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल) को भेला, बैठक र कमिटी निर्माण कार्यले तीव्रता पाइरहेको छ । 

एमालेका दुई पक्षको भेला, बैठक र कमिटी निर्माण लगायतका कामले तीव्रता पाइरहेकै बेला शनिबार एमालेको माधवकुमार नेपाल पक्षका रामेछापका युवाहरुकोे भेला आयोजनामा गरिएको छ । भेलाले युवा संघ नेपाल रामेछाप अन्तरजिल्ला कमिटी र पिपुल्स भोलेन्टियर्स रामेछाप जिल्ला कमाण्डको घोषणा गरेको छ । 

शनिबार राजधानीको शंखमूलस्थित एवान क्याफे एन्ड बैंक्वेटमा आयोजिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा विशेष अतिथिका रुपमा पूर्व सांसद एवं एमालेका केन्द्रीय सदस्य देवशंकर पौडेल, प्रदेश सांसद शान्तिप्रसाद पौडेल, एमालेका युवा नेताहरु ज्ञानकुमार श्रेष्ठ, धनबहादुर कार्की, लालसिं घिसिङ, युवा संघका नेताहरु  कृष्णहरि केसी, नितेस पौडेल, सञ्जीव राई, विकास ज्ञवाली, लक्ष्मण घिमिरे तिर्थलाल श्रेष्ठ, राकेश श्रेष्ठ, संगम खडकासमेत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । 

भेलाले युवा संघ नेपाल अन्तर जिल्ला कमिटी रामेछापको नेतृत्व चयन गरेको छ । भेलाले रोज श्रेष्ठको अध्यक्षतामा २७ सदस्यीय कमिटी गठन गरेको हो । उक्त कमिटीको उपाध्यक्षमा अर्जुन कार्की, मदन पाख्रिन दिपबहादुर पाख्रिन, सचिवमा होम तामाङ, सहसचिब श्रीजन कार्की, उमेश बस्नेत, निर्मल कार्की र कोषाध्यक्षमा जीवन श्रेष्ठलाई मनोनित गरेको छ । त्यसैगरी भेलाले सुवास थापाको अध्यक्षतामा २५ सदस्यीय पिपुल्स भोलेटियर्स जिल्ला कमाण्डको घोषणा गरेको कार्यक्रममा अतिथिका रुपमा उपस्थित युवा नेता राकेश श्रेष्ठले बताउनु भयो ।

आईतवार २४ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट