सफलताको रहस्य


सफलताको रहस्य

Sambodhi Television



खिरेन्द्रराज मोक्तान, ‘योगमणि’

एलिनेट रुजबेल्टले भनेझैं ‘भविष्य उसैको हातमा हुन्छ जसले महान लक्ष्यमा विश्वास गर्छ ।’ वास्तवमा लक्ष्य सबैका हुन्छन् तर लक्ष्य भएर मात्र पुग्दैन सफलताको लागि लक्ष्य SMARTहुनैपर्छ ।

S=Specific (विशिष्ट) अर्थात् सफलताको लागि लक्ष्य स्पष्टसँग तोकिएको हुनु पर्दछ ।
M =Measurable (मापनयोग्य)
A=Achievable (प्राप्त गर्न सकिने)
R=Realistic (वास्तविक)
T= Time bound (समयसीमा) अर्थात् सफलताको लागि कहिलेसम्म लक्ष्य प्राप्त गर्ने भन्ने समयसीमा तोक्दाखेरि छिटो सफलता हात लाग्छ ।  सफलताको रहस्यहरु क्रमशः चर्चा गर्नेछु :

१. हार नमान्नु :जन्मनु नै मानिसको पहिलो जीत हो । तर यस जीतलाई बुझ्न नसक्दा मानिसहरु हारिरहन्छन् । त्यसैले  बिजुली बल्ब आविष्कार गर्दा ९ सय ९९ पटक असफल भएका तर १ हजारौंऔं पटकमा सफल बिजुली बल्बका आविस्कारक  थोमस एल्बा एडिसन भन्नुहुन्छ- ‘मेरो बानी छ, जतिपटक असफल भएपनि सफलता हात नलागेसम्म म काममा जुटिरहन्छु ।
२.धैर्यवान हुनु : सर आइज्याक न्युटन भन्नुहुन्छ ‘म प्रतिभावान भन्दा धैर्यवान हुँ, किनभने मेरा सबै प्रतिभा धैर्यले जन्माएका हुन्’ र त विश्वप्रसिद्ध वैज्ञानिक बन्न सफल भए ।

३.हिम्मत नहार्नु ः तैले सात जुनीमा पनि गणित सिक्दैनस भन्ने कुरा सुनेका अल्बर्ट आइन्स्टाइन यो सुनेर मनमनै रून्थे तर हिम्मत भने मैले कहिल्यै नहारेका कारण विश्व प्रसिद्ध गणितज्ञ एवम् वैज्ञानिक बन्न सफल भए ।

४.इमान्दारी, परिश्रम र एकाग्रता :एन्ड्रयू कारनेगीका अनुसार सफलताको लागि सबैभन्दा पहिलो आवश्यकता हो इमान्दारी अनि परिश्रम र एकाग्रता ।

५.दह्रो इच्छाशक्ति : अग्रजको मनाहीको बाबजुद पनि झमक घिमिरेले निरन्तर लेख्न सिकिरहिन । किनकी उनमा सिक्ने प्रबल इच्छा थियो र त उनले लेख्न सिकिन । साथै ‘जीवन काँडा कि फूल’ सिर्जना गरी मदन पुरस्कार हात पार्न सफल भइन । 

६.कर्ममा रमाउन सक्नु : संघर्ष नै जीवन हो, यसर्थ संघर्षमै आनन्द लिन सक्नुपर्छ, कर्ममै रमाउनु पर्दछ भन्ने कुरा नेल्सन मण्डेलाको जीवनीबाट सिक्न सकिन्छ ।

७.दृढ आत्मविश्वास : फोर्ड मोटर कम्पनीका मालिक हेनरी फोर्ड भन्नुहुन्छ- यदि तपाई गर्न सक्छु भन्नुहुन्छ भने जे पनि गर्न सक्नुहुन्छ, यदि गर्न सकिन्न भन्नुहुन्छ भने केही पनि गर्न सकिन्न र त साथीबाट ५ डलर सापटी लिएर सुरु गरेको व्यवसाय संसारको ठुलो फोर्ड मोटर कम्पनीका मालिक बनेर त्यसबेला संसारकै धनाढ्य व्यक्ति बन्न सफल भए ।

८.असफलता झेल्नु : असफलता झेल्ने आँट नभएकाहरु सफलताको भागिदार हुनै सक्दैनन् भन्ने कुरा अब्राहम लिंकनको जीवनीबाट सिक्न सकिन्छ । अनन्तः ५२ वर्षको उमेरमा अमेरिकाको राष्ट्रपति बन्न सफल अब्राहम लिंकन भन्नुहुन्छ- म हरेक असफलतामा म आफैलाई भन्थे म चिप्लेको पो हँु, ढलेको कहाँ हुँ र ? ‘अतः जब जागे तव सबेरा’ अव पालो तपाईंको । 

दोरम्बा शैलुङ-६, रामेछाप ।

बिहीबार २१ श्रावण, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट