भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्कार उद्धार गर्न कांग्रेसको माग


भारतको देहरादुनमा कुटिएका नेपाली विद्यार्थीलाई तत्कार उद्धार गर्न कांग्रेसको माग

Sambodhi Television


कार्तिक १३, काठमाडौं । भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको छ । यसरी कुटपिट भएका नेपाली विद्यार्थीहरुलाई तत्काल उद्दार गर्नुपर्नेमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जोड दिएका छन् । 

कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ट्विटर मार्फत कुटपिटमा परेका विद्यार्थीको अविलम्ब उद्धार गर्न भन्दै नेपाली विद्यार्थीहरु कुटिएकोप्रति भारत सरकारको समेत ध्यानाकर्षण गराउन नेपाल सरकार समक्ष माग गरेका छन् । 

दसैंमा देहरादुनको शाक्य एकेडेमीमा अध्ययनरत ५१ नेपाली विद्यार्थीहरुमाथि कुटपिट भएको थियो । उक्त घटनाको समाचार नेपालको अनलाइन मिडिया अनलाइन खबरमा प्रकाशन भएसँगै कांग्रेस प्रवक्ता शर्माले यस्तो माग गरेका हुन् ।
 

बिहीबार १३ कार्तिक, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट