फास्टफुड, होटल, रेस्टुराँ व्यावसायमा कोभिडले पारेको संकट


फास्टफुड, होटल, रेस्टुराँ व्यावसायमा कोभिडले पारेको संकट

Sambodhi Television


राजु श्रेष्ठ
कोभिड–१९ संक्रमणका कारण आर्थिक, सामाजिक र व्यवसायिक रुपमा समेत संकट पैदा भएको छ । यो संकटबाट नेपाल मात्रै होइन, विश्वका शक्तिशाली र सम्पन्न मूलुक पनि नराम्रोसँग प्रभावित भए । नेपाल यसबाट अछुतो रहने कुरै भएन । व्यापार व्यावसायमा ठूलो धक्का लाग्यो । यसरी समस्यामा पर्ने व्यावसायमा फास्टफुड, होटल तथा रेस्टुरा, पार्टी प्यालेसहरु परेका छन् । 

फास्टफुड,  रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतका व्यावसायमा अरर्बौको लगानी रहेको छ । यी व्यावसाय स्थापनाको लागि व्यवसायीहरुले विभिन्न बैंक, सहकारी र ब्यक्तिहरुसँग महङ्गो ब्याजमा ऋण लिएर लगानी गरिरहेका छन् । लाखौं युवाहरु वैदेशिक रोजगारीमा गइरहेको अवस्थामा कतिपय ठूलो संख्यामा युवाहरु फास्टफुड, होटल, रेस्टुराँ व्यावसायमा क्रियाशील हुँदै नेपालमा नै श्रम पसिना बगाईरहेका छन् । होटल तथा फास्टफुड रेस्टुराँहरुकै कारण नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन् । 

फास्टफुड तथा रेस्टुराँ व्यावसायीहरुले स्वच्छ सफा खाना सेवा सर्भिस गर्दै राज्यलाई आर्थिक रुपले राजस्व र रोजगारीको हिसावले ठूलो संख्यामा रोजगारीको योगदान पु¥याउँदै आइरहेका छन । रोजगारीको क्षेत्रमा समेत ठूलो योगदान गरको यो व्यावसाय आज कोरोनाको महामारीबाट अत्यन्त धरासायी र संकट हँुदै विस्थापित हुने परिस्थितिमा आइपुगेका छ । विगत लामो समयदेखि मुनाफा त कता हो कता घर भाडा तिर्न र श्रमिकलाई कसरी तलब खुवाउनका लागि फेरि कहाँ र कसरी ऋण गर्ने भन्ने अवस्थामा पुगेका छन् । 

कोभिडको अवस्थामा पनि अन्य व्यवसासयहरु यातायात ब्यावसाय, अन्य ब्यावसायीहरु जस्तै हाम्रो ब्यावसाय पनि स्वस्थ मापदण्ड पालन गरी सामाजिक दुरी कायम गरी टेवलमा ग्राहक वर्गहरुलाई राखी बिहान ९ बजे देखी बेलुका ९ बजेसम्म खोल्ने व्यवस्था मिलाउनु पर्ने हो । सरकारले त्यसरी वातावरण बनाईदिनुपर्ने हो । तर सरकारले त्यतातिर ध्यान दिन सकेको छैन । व्यवसायीहरुलाई कोरोना संक्रमणबाट बचाउनका लागि खोपको व्यवस्था गरिदिनु पर्ने हो । त्यो हुन सकिरहेको छैन । तमाम फास्टफुड, रेस्टुरेन्ट, पार्टी प्यालेस व्यावसायमा आबद्ध व्यावसायिक श्रमिक वर्गहरुको आग्रहलाई राज्यले पक्कै पनि सुन्ने र बुझ्ने छ भन्ने विश्वास समेत गरेका छौं । 

आज यो व्यावसाय धराशायी भइरहेको छ । समयमै समस्याबारे उचित सम्बोधन हुन सकेन भने त्यसले आन्दोलनको अवस्था सिर्जना हुनसक्ने सम्भावना छ । यतिबेला घरपेटीले लिएको बैंकको ऋणको व्याज मिनाहा गर्नुपर्ने, घरभाडा मिनाहा गर्नुपर्ने, कर्मचारीको तलब भुक्तानी गर्न नेपाल सरकारले अनुदान स्वरूप सहयोग दिनुपर्ने लगायतका कुराहरु गर्नुपर्ने र फास्टफुड , रेस्टुरेन्ट  होटल, पार्टीप्यालेसलाई अनुदान दिनुपर्ने अवस्थामा राहतको घोषणा हुनुपर्ने हो । त्यतातिर कसैको पनि ध्यान पुग्न सकेको छैन । 

देशमा सञ्चालन भइरहेका मुख्य व्यवसायमा यो अवस्था आउनु विडम्बना नै हो । पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने यो व्यवसायमार्फत राज्यलाई निकै ठूलो कर बुझाउँदै आएका छन् । अहिले यो व्यवसाय संकटमा पर्दा र व्यावसायीहरु आर्थिक संकटमा पर्दा राज्य बेखबर हुनु विडम्बना हो । 

(लेखक फास्टफुड एसोसिएसन नेपालका उपाध्यक्ष हुनुहुन्छ ।)

बुधबार २३ असार, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट