देशको राजनीति र कोभिडको कहानी 


  देशको राजनीति र कोभिडको कहानी 

Sambodhi Television


विष्णुप्रसाद गौतम 
खोलो त¥यो लौरो बिर्सियो, हात्ती छि¥यो पुच्छर अड्कियो, अछाँ खायौं, बछाँ खाँयौ झुसे बारुलोको, बेसार पानी खाउँ कोरना भगाउँ, लकडाउन लगाउँ कोरना भगाऊ नहुनेलाई घरमै सुताऊ हुनेखानेलाई छाडा लगाउँ, राजनीतिमा रडाको मच्चाऊँ कोरनाको नामबाट अथाह कमाउँ, छाडा तन्त्रको विकाश सत्यको बिनास, रितिथिती केही छैन, जताततै छाडा, राम्रो देख्ने खुसीको खबर सुन्न पढन पाइने होइन कहिले मरिसकेको मानिस कोभिड पोजेटिभ, कहिले मरेको दुई चार दिनपछि रिपोर्ट आउने कहीँ शब संस्कार गर्न स्थान नपाउने, कतै भेन्टिलेटर नपाएर बिरामी मर्ने, ग्याँस किन्न औषधी लिन गएकालाई पुलिसले दुःख दिने, मलाई खान देऊ भन्नेलाई पार्टी सोध्ने, बिरामी, औषधी बोकेको सवारी साधनलाई पास खोज्ने यस्तै यस्तै छ याहाँको चलन ।  

कोही भुक्ने कोही टोक्ने कोही छेक्ने त कोही नदेखेको जस्तो गरी लुक्ने, देखे पनि छैन भन्ने यहाँको यस्तै छ राम कहानी । सँगसँगै हिँड्ने कसैले मुन्टो बटारेका छन कसैले हात पसारेका छन भने कसैले लात मारेका । कसैको केही भर ठेगान छैन । कोही भुँडी फुट्लाभैmँ गरी फुलाएर निस्किएका छन भने कोही पेटमा डोरी कँसेर बसेका छन् । कोही सियो भई भित्र पसेका त कोही सुँगुर झै ठसमस्स गल्लीमा बसेका छन् । कोही कसैको परिचय बर्णन र ब्याख्या गरेर साध्य छैन । रोग भोक महामारी बाढी पहिरो भुकम्प आउँछ कसैलाई मालामाल त कसैको बेहाल, बर्षेनी  बाढी आउँछ, पहिरो जान्छ रोकथुन तथा प्रतिरक्षा छैन । सुरक्षा र उद्दारको नाममा नेताहरुको हेलिकप्टेरमा सयर गरिरहेका छन् । बिकासको नाममा बिनास, न त मापदण्ड न त प्राविधिक स्टेटमेन्ट छ । भै हाले पनि प्राविधिक आफैले पेट भर्ने गरेका छन् । 

न त पार्टी गतिलो न त पार्टी भित्रका नेता । जताततै गुट भाँडभैलो अन्तमा फुट बिचार सिद्वान्त खोलामा, आउरे बाउरेहरुलाई आसपासमा जनतालाई आश्वासनमा नेता आफू महल र सयलमा । युवा बुिद्वजिवी जति बिदेशमा रोगी असक्त र असक्षम सरकार सदन संसदमा रहेर देखी सक्नु न हेरी छोड्नु भएको छ । यस्तो कुरा बताएर साध्य नै छैन । 

जताततै फोहोरको डङ्गुर दुर्गन्धै दुर्गन्ध छ, चाहे त्यो राजनीतिमा होस या कुटनीतिमा । कहिँ नाकमुख देखाएर हिँड्ने ठाउँ नै छैन । कोभिड–१९ ले मास्क लगाइएको छ । यसो गरे बाँचिन्छ कि भनेर आशा जगाएको छ । तर विकृति र विसंगतिको गन्ध सुघ्ने अवसरमा ढाकछोप भएको छ । हुन त के मात्र सुन्ने  भुकम्पको कहानी नाकाबन्दीको कहानी, लकडाउन र कोभिड–१९ को कहानी,   बाढी पहिरो र डुवानको कहानी । यहाँ यस्तै छ, यस्तै हुन्छ बोल्नेलाई ठोकिन्छ बोल्न खाज्नेको मुखमा ताल्चा मारिन्छ । करेन्टिनमा रहेका महिला बलाकृत हुन्छन श्रीमतीको हत्या गर्ने पुरस्कृत । देश बेच्नेलाई केही छैन श्रम बेच्नेलाई करको दायरा । युगौदेखि सुकुम्मबासी, सुकुम्मबासी नै छन हुकुमबासी  हुकुमबासी नै ।

शासन उनीहरुकै हक अधिकार र रक्षा उहाँहरुलाई नै । कुकर्म र दुरासयले भरिएको यो देश र यो समाजमा सोझासाझाको हुने कुनै काम हुँदैन । उल्टै बोलवालाले उनीहरुलाई सताउँछन वा लत्याउँछन । देखेपनि नदेखेको सुनेपनि न सुनेको जस्तो गरी बितेको छ, हाम्रो र यिनको जीवन । न कतै आडभरोसा छ त कतै टेक्ने समाउने, टेकेको लाक्षीको छ भने समाएको भाँच्चियको । अन्तर देशीय सम्पर्क बन्द छ । उद्योग कलकारखाना खोलएिका छैनन भएका निजी र एकाधिकार छ युवा र बिद्वान पलायन छन  शिक्षामा निजी क्षेत्रको हालीमुहाली छ । कोभिड १९ कोरना भाइरस तथा २०७७ को बाढी पहिरो तथा डुबानले त झन जहाँ गहिरो त्यहीँ दह भने जस्तै हुनेलाई मालामाल छ, हँुदा खानेको बेहाल बनायो । कोभिडको दोस्रो लहरले भीषण रुप लिएको छ । कहाँ कसको कतिबेला देहान्त हुने हो कुनै टुंगो छैन । यस्तो गम्भीर अवस्थामा पनि राजनीतिमा हुनेलाई मालामाल छ । सत्तामा हुनेले जतिखेर जे गरेपनि हुने जे बोले पनि हुने कुनै छेकथुन छैन ।  उनीहरुका निम्ति न कानुन छ, न त अदालतले नै पीडितलाई न्याय दिन्छ । यस्तो अवस्था हामीले कहिलेसम्म टुलुटुलु हेरिरहनु पर्ने हो ? कुनै टुंगो छैन । 

सोमबार २४ जेष्ठ, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट