कोरोना उपचार गर्नबाट नपन्छिन सरकारलाई मानव अधिकार आयोगको आग्रह


कोरोना उपचार गर्नबाट नपन्छिन सरकारलाई मानव अधिकार आयोगको आग्रह

Sambodhi Television


कात्तिक ४, काठमाडौं । कोरोना उपचार गर्नबाट नपन्छिन सरकारलाई मानव अधिकार आयोगको आग्रह गरेको छ । सरकारले कोरोना संक्रमितहरुलाई आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्देशन दिएको र सरकारी अस्पतालमा समेत यस्ता किसिमका सूचना प्रकाशित भएपछि सरकार कोरोना संक्रमितको उपचारबाट पन्छिएको आरोप लागिरहेका बेला राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ का बिरामीहरुको सम्पूर्ण उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । 

केही दिन अगाडि सरकारले कोरोना संक्रमितको उपचार खर्च नव्यहोर्ने र होम आइसोलेसनमा मृत्यु हुनेको शव व्यवस्थापन समेत आफैंले गर्नुपर्ने निर्देशन नै दिएको थियो । सरकारको यस्तो निर्देशन आएसँगै सो कुराको चौतर्फी विरोध हुँदै आएको थियो । नागरिकस्तरबाटै विरोध आएपछि मंगलबार राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति जारी गरी संविधान तथा ऐनका व्यवस्था विपरीत कोभिड–१९ जस्तो विश्वव्यापी महामारीबाट आक्रान्त नागरिकको उपचारबाट सरकार पन्छिन नमिल्ने बताएको हो । 

मंगलवार ४ कार्तिक, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट