कर्णाली सरकारका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेले लगायो आफ्ना सांसदलाई ह्विप


कर्णाली सरकारका मुख्यमन्त्रीविरुद्ध मतदान गर्न एमालेले लगायो आफ्ना सांसदलाई ह्विप

Sambodhi Television


वैशाख ३, सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी नेकपा एकता प्रक्रिया रद्द भएसँगै पुनर्जीवन पाएको नेकपा एमाले र माओवादी केन्द्रबीच सरकार ढाल्ने र जोगाउने खेल सुरु भएको छ । सत्ता समीकरण फेरबदलको खेल सुरु भएसँगै कर्णाली प्रदेशमा अविश्वासको प्रस्ताव राखेको नेकपा एमालेले आफ्ना प्रदेश सांसदहरुलाई मुख्यमन्त्री शाही विरुद्ध ल्याएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप लगाएको छ । शाही नेकपा माओवादी केन्द्रका प्रदेश संसद संसदीय दलका नेता र मुख्यमन्त्री रहेका छन् । 

मुख्यमन्त्री हरेका शाही विरुद्ध अविश्वासको प्रस्ताव राखेको नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलसमेतको नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो । सो कुराको जानकारी नेकपा एमाले कर्णाली प्रदेश प्रमुख समेतक गुवालजंग शाहले दिएका छन् । बैठकमा नेकपा एमालेका सबै सांसद सहभागी भएको समेत शाहले जानकारी दिएका छन् । 
 

शुक्रबार ३ बैशाख, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट