युवा संघमा रामेछापबाट थप ६ जना मनोनित  


युवा संघमा रामेछापबाट थप ६ जना मनोनित  

Sambodhi Television


चैत ११, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले (झलनाथ–माधव) निकट युवा संघको केन्द्रीय सदस्यमा रामेछापबाट थप ६ जना मनोनित भएका छन् । यसरी थप मनोनित हुनेहरुमा हिमाल ग्यापक, रामसागर लामा, रामकुमार तितुङ, जेम्स लामा (तितुङ) खुपेन्द्र ढुंगेल, गणेश पाठक रहेका छन् ।

सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र माओवादी केन्द्रलाई पुनस्र्थापित गरेपछि एमाले र माओवादीले आ–आफ्नो सांगठानिक गतिविधि अगाडि बढाइरहेका बेला नेकपा एमालेमा भने अध्यक्ष केपी शर्मा ओली र झलनाथ खनाल–माधवकुमार नेपालले छुट्टाछुट्टै सांगठानिक गतिविधिहरु गरिरहेका छन् । सोही अनुसार झलनाथ–माधव समूह निकट युवा संघको समानान्तर भेला आयोजना गरिएको थियो । 

चैत ७ गते सम्पन्न भेला नरेश शाहीको अध्यक्षतामा केन्द्रीय समिति गठन गरेको थियो । उक्त समितिमा उपाध्यक्षमा कृष्णहरि केसी र निर्वाचन आयोगको अध्यक्षतामा तीर्थ श्रेष्ठसहित रामेछापबाट ३१ जना युवाहरु केन्द्रीय समितिमा परेका थिए । त्यसयता मंगलबार रामेछापबाटै थप ६ जनालाई पनि युवा संघको केन्द्रीय समितिमा मनोनित गरिएको नेकपा एमालेका नेता लालसिंह घिसिङले बताउनु भयो । 

बुधबार ११ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट