महान्यायाधिवक्ताबाट खरेलको राजीनामा रमेश बडाल नियुक्त


महान्यायाधिवक्ताबाट खरेलको राजीनामा रमेश बडाल नियुक्त

Sambodhi Television


चैत ६, काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । खरेलले राजीनामा दिएसँगै रिक्त रहेको महान्यायधिवक्तामा रमेश बडाल नियुक्त भएका छन् । नवनियुक्त महान्यायधिवक्ता बडालले आइतबार पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको छ । 

यता महान्यायधिवक्ताबाट राजीनामा दिएसँगै खरेलले आफू  राजनीतिमा क्रियाशिल हुने र अब बाँकी जीवन राजनीतिमै लगाउने विताउने बताएका छन् । महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । उनले ‘प्रधानमन्त्रीलाई भेटेर सरसल्लाहमै राजीनामा दिएको खरेलले बताएका छन् । 

खरेलको राजीनामा आएसँगै नयाँ महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस भएका छन् । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो बताइएको छ ।

शुक्रबार ६ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट