नेकपा एमालेका केपी ओली र माधव नेपाल पक्षबीच चार महिनापछि भेटवार्ता


नेकपा एमालेका केपी ओली र माधव नेपाल पक्षबीच चार महिनापछि भेटवार्ता

Sambodhi Television


चैत २, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच चार महिनापछि भेटवार्ता सुरु भएको छ ।

एमाले पार्टी कार्यालय धुम्वाराहीमा अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल पक्षबीच भेटवार्ता सुरु भएको हो । सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिएपछि पुनर्गठन भएको एमालेका अध्यक्ष र बरिष्ठ नेताबीच सम्बन्धमा तिक्तता रहेको बेला सम्बन्ध सुधारका लागि छलफल हुन लागेको हो ।

छलफलमा ओली तर्फबाट ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् भने नेपाल तर्फबाट बरिष्ठ नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्त रहेका छन् । 
 

सोमबार २ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट