सिराहामा बम विष्फोट, सातजना घाइते विस्फोटस्थलमा भेटियो गोइत समूहको पर्चा


सिराहामा बम विष्फोट, सातजना घाइते विस्फोटस्थलमा भेटियो गोइत समूहको पर्चा

Sambodhi Television


चैत १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश शान्ति र स्थिरतातर्फ फकिएको घोषणा गरेको १० दिन नपुग्दै आज सिराहामा बम विस्फोट भएको छ । बम विस्फोटमा परी सात जना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको हो । विस्फोट भएको उक्त ठाउँमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ । बताइएको छ । विष्फोट भएको स्थानमा गोइत समूहको पर्चा भेटिएपछि घटनामा सोही समूहको संलग्नता हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

आइतबार दिउँसो भएको सो विष्फोटमा परी सात जना घाइते भएका मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ । अहिले घाइतेको लहानको सप्तऋषि अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भण्डारीलाई थप उपचारको निम्ति काठमाडौंं ल्याउने तयारी भइरहेको छ ।
 

आईतवार १ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट