२५६४ औ बुद्ध जयन्तीको अवसरमा परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यूको विशेष सन्देश


२५६४ औ बुद्ध जयन्तीको अवसरमा परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेज्यूको विशेष सन्देश

Sambodhi Reporter


"बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण धार्मिक आस्था हुनेलाई शुभकामना । साथै भगवान् बुद्धको ज्ञान संसारमा फैलिदै सम्पूर्ण प्राणीको हितका साथै सम्पूर्ण प्राणी बोधि ज्ञान पाएर बुद्धत्व प्राप्त होस् भन्ने चाहनाका साथ सबैमा शुभकामना ।

यस वर्षको २५६४ औं बुद्ध जयन्ती संसारभर नै फैलिएको रोगको कारण हामीले एकै ठाउँमा आएर उत्सवको रुपमा मनाउन सकेन । यसैले आआफनो घर तथा गुम्बाबाट मनाउनु परेको छ । आजको दिन अर्थात् बैसाख पूर्णिमा भगवान् बुद्धको जन्म, बोधिप्राप्त र महापरिनिर्वाण प्राप्त गरेको महत्वपूर्ण दिन भएको हुनाले यो अवसरमा हामीले सम्पूर्ण सत्वप्राणी हितको लागि सुखशान्ति, संसारभर फैलिएको रोगको प्रकोपबाट छुटकार पाउन, यो रोगसँग लडिरहेकाहरुका विरामीहरुको स्वास्थ लाभ साथै रोगको कारण ज्यान गुमाउनु भएकाहरुका लागि राम्रो जुनी पाओस् भनी प्रार्थना गर्नु पर्छ । बुद्ध जयन्ती पुण्य लाभ गर्ने अवसर भएकोले जुनसुकै ठाउँमा भएपनि पाठहरु गर्ने, ङोन्डो, छाम तथा धार्मिक कार्यहरुमा लाग्न सक्नु भयो भने धेरै फलदायी हुन्छ ।

त्यसैगरी आवश्यक परेकोमा साथ दिने यो पनि ठूलो पुण्य हुन्छ । यसैले यो अवसरमा हामी सबैले प्रार्थनासँगै कुशल कर्म कार्यमा लाग्नु पर्छ । घरमा यसै बस्नुभन्दा पाठहरु गर्ने, दोमाङ पाठ गर्ने आदि धार्मिक कार्यहरु धेरैले गर्नु भएको छ । यो धेरै राम्रो कार्य हो । यसो गर्नु यो रोग शान्त नभएसम्म आफू र अरुलाई फैलन नदिन यो पनि राम्रो हो । बौद्ध धर्म अनुसार अहिले हामीले २५६३ औं बुद्ध जयन्ती मनाइ रहेको बेलामा भगवान् बुद्धले दिनु भएको उपदेश, ज्ञान र करुणालाई अपनाउनु पर्छ । त्यसलाई हामी आफूले पनि पाउने कोशीस गर्नु पर्छ । त्यसैगरी उहाँको अहिंसा र करुणालाई कसरी आफनो मनमा राख्न सकिन्छ रु त्यसलाई ध्यान दिनु पर्छ ।

आफनो मनलाई शान्त पार्न ध्यान साधनाको आवश्यक पर्छ । त्यसको लागि पनि ध्यानमा बसेर कोशीस गर्नु पर्छ । जति पनि भगवान् बुद्धले दिनु भएको ज्ञानहरु छन् ती सबै त्रिपिटकमा उल्लेख छ । त्यसलाई पनि हामीले अध्ययन गर्नु पर्छ । हामीले बुद्ध जयन्तीमा अवसरमा संसारभरका प्राणीहरुको सुख र हितको लागि आफूले बुद्धचित्त प्राप्त गर्न सकियोस् भनी प्रार्थना र मन, शरीर र वचनलाई राम्रो पक्षमा लैजान सकियोस् भन्ने सोच राखेर अघि बढनु पर्छ ।

यसो भयो भने हाम्रो जीवनमा राम्रो भावना आउने, ज्ञानहरु बढने र पछि आफू पनि पछि बुद्धत्व प्राप्त गर्न सक्ने हामीसंग क्षयमता भएको हुनाले भगवान बुद्धको ज्ञान अपनाउन आवश्यक छ । यही कारणले हामी जहाँ बसेपनि भएपनि बुद्ध जयन्तीको अवसरमा पुण्य लाभ गर्ने, बुद्धको ज्ञानलाई भावनामा राख्न सक्ने यो नै महत्वपूर्ण कुरा हो । अहिलेको यो अवस्थालाई रोकथाम गर्ने । यो समयले पनि हामीलाई धर्मको मार्गमा लैजान सहयोग गर्ने हुँदा समय खेर नफालेर बुद्धको ज्ञानलाई कति सम्म अगाडि लैजान सकिन्छ र त्यसको लागि कोशीस ग¥यो भने समयको उपयोग पनि हुने र बुद्ध मार्गमा पनि जान सकिन्छ । बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण धार्मिक आस्था हुनेलाई शुभकामना । साथै भगवान् बुद्धको ज्ञान संसारमा फैलिदै सम्पूर्ण प्राणीको हितका साथै सम्पूर्ण प्राणी बोधि ज्ञान पाएर बुद्धत्व प्राप्त होस् भन्ने चाहनाका साथ सबैमा शुभकामना ।"

https://www.facebook.com/namgyaljyangchub.choeling/videos/2556010401328424/

#साभार जस्ताको तस्तै Namgyal Jyangchub Choeling ज्यूको फेसबुक वालबाट

सोमबार १२ श्रावण, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट