माघ २०, काठमाडौं । नेकपाको केपी ओली र प्रचण्ड–माधव समूहबीच गत पुस ५ गतेबाट विभाजन भएपनि अहिलेसम्म निर्वाचन आयोगमा कुन नेकपा आधिकारिक भन्ने अन्यौलता कायमै रहेको बेला नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटी...
माघ १९, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी फागुन ५ गते बस्नेगरी स्थगित भएको छ । आज बस्ने तय भएको बैठक एकाएक फागुन ५ गते बस्नेगरी हिजो राती सूचना जारी भएपछि तत्काल प्रदेशसभा बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–माधव समूह) का प्रदेश सांसदहरु हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि भेला भएर नार...
पुस १३, काठमाडौं । प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्थामा संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभामा समेत प्रधानमन्त्री केपी ओली समूह अल्पमतमा परेको छ । प्रतिनिधिसभामा अल्पमतमा परेसँगै पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । प्रतिनिधिसभाको बैठक बोलाउने समय हुनै लाग्दा प्रधानमन्त...
पुस २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झण्डैझण्डै विभाजनको डिलमै पुगेर फर्किएको छ । नेकपाका ८३ जना सांसदहरुले प्रधानमन्त्रीले ल्याएको अध्यादेश फिर्ता लिनुपर्ने अन्यथा विशेष अधिवेशन माग गर्न भन्दै रा...
मंसिर २४, काठमाडौं । नेकपाभित्र चर्को विवाद भइरहेका बेला पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच आज बालुवाटारमा भेटवार्ता भएको छ । डेडघण्टा लामो भेटवार्तामा पार्टीभित्र देखिएको अन्तरविरोध हल गर्ने सवालमा दुई अध्यक्षबीच गम्भीर छलफल भएको बताइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओ...
कार्तिक १६, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो मन्त्रीमण्डलमा रहेका ओली पक्षीय मन्त्रीहरुलाई हटाउने अन्तिम तयारी गरेका छन् । सोही तयारी अनुसार आजै मुख्यमन्त्री शाहीले मन्त्रिमण्डल हेरफेर गर्ने भएका छन् । गत असोज २५ गते केपी ओली पक्षका प्रदेश सांसदहरुको अगुव...
कार्तिक ६, काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र बरिष्ठ नेता माधवकुमार नेपालको गोप्य रुपमा भेटघाट भएको समाचार सार्वजनिक भइरहेकै बेला सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डको सचिवालयले भने भारतीय गुप्तच...
कात्तिक ४, काठमाडौं । कोरोना उपचार गर्नबाट नपन्छिन सरकारलाई मानव अधिकार आयोगको आग्रह गरेको छ । सरकारले कोरोना संक्रमितहरुलाई आफ्नै खर्चमा उपचार गर्नुपर्ने निर्देशन दिएको र सरकारी अस्पतालमा समेत यस्ता किसिमका सूचना प्रकाशित भएपछि सरकार कोरोना संक्रमितको उपचारबाट पन्छिएको आरोप लागिरहेका बेला राष्ट्रिय...
कार्तिक २, काठमाडौं । मुलुक कोरोना भाइरस संक्रमणका कारण आर्थिक रुपमा टाट पल्टिने अवस्थामा पुगेको र निम्न तथा मध्यमवर्गलाई समेत खर्च धान्नै मुश्किल परिरहेको बेला सांसदहरुलाई दसैं खर्च बापत खातामा बोनस आएपछि यसको चौतर्फी आलोचना सुरु भएको छ । कोरोना संकटको समयमा पनि दशैं भत्ता लिएको भनी सर्वत्...
संसारभरि फैलिएर महाताण्डव मचाएको कोरोना भाइरसले अहिलेसम्म ९ लाख २० हजार मानिसलाई ग्रास बनाइसकेको अवस्थामा नेपाललाई छोड्ने कुरा भएन । एक अर्काकै स्पर्शबाट तीव्र रुपमा संक्रमित हुने विल्कूल नयाँ किसिमको यो भाइरस संसारका अति विकसित स्वास्थ्य विज्ञानका लागि ठूलो चुनौतीको रुपमा आयो । यसको अध्ययन, अनुसन्ध...
असोज ३०, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण यतिबेला मुलुकको आर्थिक अवस्था कमजोर बन्दै गइरहेको छ । यस्तो अवस्थालाई मध्यनजर गर्दै नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले नेपालको आर्थिक क्रियाकलाप अगाडि बढाउन निर्देशन दिनुभएको छ । विहिबार मात्रै अर्थमन्त्रीको पद बहाली गर्दै अर्थमन्त्री पौडेलले कोरो...
असोज २९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा नियुक्त अर्थमन्त्री विष्णु पौडेलसहित नवनियुक्त तीनजना मन्त्रीले आज पदको सपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको...
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर तीव्र गतिमा बढिरहेको अवस्थामा सरकारले यसको नियन्त्रणका लागि आवश्यक कार्य गर्दै आइरहेको पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले दावी गर्नुभएको छ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार रहनुभएका र हालै अमेरिकाको लागि राजदूत समेत सिफारिस हुनुभएका खतिवडा...
"बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण धार्मिक आस्था हुनेलाई शुभकामना । साथै भगवान् बुद्धको ज्ञान संसारमा फैलिदै सम्पूर्ण प्राणीको हितका साथै सम्पूर्ण प्राणी बोधि ज्ञान पाएर बुद्धत्व प्राप्त होस् भन्ने चाहनाका साथ सबैमा शुभकामना । यस वर्षको २५६४ औं बुद्ध जयन्ती संसारभर नै फैलिएको रोगको कारण हामीले...